०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

कोरोना विषयमा राष्ट्रिय जनमोर्चा दाङको भिडियो सम्बाद

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

सागर थापा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका गुणस्तरमापन महासाखा प्रमुख डाक्टर बिकास देबकोटा संग कोरोनाको बर्तमान स्टेज र नागरिकको दैनिक जीवन विषयक अन्तरसम्बाद कार्यक्रम सम्पन्न भयो । उक्त कार्यक्रममा डाक्टर बिकास देबकोटाले कोरोना भाइरस बाट जोगिने भनेकै भ्याक्सिन बाट हो । त्यो बेगर अहिले हामी यसबाट मुक्त हुन सक्दैनौ । त्यसैले हामी संक्रमणबाट जोगिनको लगी उच्च सतर्कता अपनाउन जरुरी छ । बिश्व ब्यापी रुपमा यो भाइरसले आतंक सृजना गरेको छ । सबैको एकै मत हुन पनि सकेको छैन । हामिले लकडाउन गरेको आन्दोलनमा बन्द गरेको जस्तो होइन । ब्यक्ती ब्यक्ती बिचको दुरिलाइ मेन्टेन गर्न सक्नेहो भने बन्द नगरेपनी हुन्छ । तर आम नागरिकले त्यसो गर्न नसक्ने भएको ले लकडाउन गर्नु परेको हो । अहिले नै संक्रमण समुदायमा पुगिसकेको छैन । तरपनि कन्ट्र्याक ट्रेसिङ र संकास्पद लाई परिक्षण गर्ने कुरामा ढिलो गर्नु हुदैन । मन्त्रालय बाट काम गर्दा कतिपय प्राबिधिक समस्याले समयमा काम हुन नसकेपनी मन्त्रालय तदारुकताका साथ काम गरेको छ र कामले गति पनि लिएको छ । हामी हतोत्साहित नबनेर सबैको एकताका साथ कामलाई अगाडी बढाउनु पर्छ । मन्त्रालयमा पैसाको कमि पनि छैन । तपाईहरु जसरी लाग्नु भएको छ , यो ज्यादै राम्रो छ । अझै सबै सचेत नगारिकले स्वतस्फूर्त रुपमा हातोमालो गरेर अगाडी बढनु पर्छ । उहाको कथन थियो । राष्ट्रिय जनमोर्चा दाङका अध्यक्ष गणेश आचार्यको सहजीकरणमा भएको कार्यक्रममा सहभागीहरुले विभिन्न जिज्ञासा् राख्नु भएकोे थियोे र त्यसको जबाफ पनि डाक्टर बिकास देबकोटाले दिनु भएको थियोे । कार्यक्रममा सहभागी दाङ जिल्ला उधोक बाणिज्य संघका अध्यक्ष नारायण भुसालले कतिपय काममा देखीएको ढिला सुस्ती र सरकारको कार्यसैली प्रती असहमति राख्दै आफ्नो कुरा राख्नु भएको थियोे । डाक्टर बिकास देबकोटाले विशेष गरी दाङको बारेमा कुरागर्दै तपाईं हरु जस्ता उर्जासिल युबाहरुले नितान्त जिल्लाको बिकास र राम्रो स्वास्थ्य उपचाको ब्यबस्थाका लाई अगुवाइ गर्नुस, मन्त्रालय बाट आफ्नो तर्फ बाट सकेको सहयोग गर्ने कुरा बताउनु भयो । उक्त कार्यक्रम गुगल मिट मार्फत अनलाइनमा भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!