०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

टिप्पर नियन्त्रणमा स्थानीयले ड्राईभरलाई क्वारेन्टाइनमा राखे पछी

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

सागर थापा
दाङ बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ । कोरोना भाईरसले संसारलाई अस्त ब्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो ।
लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै सम्पर्क सहमति बिनै आज सैयौ टिप्परहरु गाउँपालिका पठाएको थियो । त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानियले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए । बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने भएको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आज एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको भन्दै रोक लगाएको जानकारी गराउनुभएको छ ।
बंगलाचुली गाउँपालिका संग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा पठाईएको छ । उनिहरुलाई १४ दिन सम्म बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा बसाल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!