१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

टिप्पर नियन्त्रणमा स्थानीयले ड्राईभरलाई क्वारेन्टाइनमा राखे पछी

Logo
प्रकाशित शनिबार, आषाढ ०६, २०७७

सागर थापा
दाङ बंगलाचुली गाउँपालिकाले घोराही सिमेन्ट उद्योगको चुनढुङ्गा ढुवानी गर्ने टिप्परहरुलाई संचालनमा रोक लगाएको छ । कोरोना भाईरसले संसारलाई अस्त ब्यस्त पारिरहेको अवस्थामा बंगलाचुली गाउँपालिका पनि त्यसको मारमा परिरहेको अवस्थामा टिप्परहरु संचालन भएपछि थप संक्रमण बढ्न सक्ने भन्दै टिप्पर संचालनमा रोक लगाएको हो ।
लकडाउनका कारण चुनढुङ्गा ढुवानी नगरेको घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै सम्पर्क सहमति बिनै आज सैयौ टिप्परहरु गाउँपालिका पठाएको थियो । त्यस लगतै आफुहरुलाई स्वाथ्यमा चुनौति थपिने भन्दै स्थानियले टिप्परहरु संचालन गर्न नहुँने भन्दै सडकमा आएर टिप्परहरु रोकेका थिए । बंगलाचुली गाउँपालिकाले पनि यसप्रकारको कार्यले स्थानिय जनतामा मानसिक तथा मनोबैज्ञानिक असर पर्ने भन्दै संचालनमा रोक लगाउने भएको हो ।
बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आज एक विज्ञप्ती जारी गर्दै घोराही सिमेन्ट उद्योगले बंगलाचुली गाउँपालिका संग कुनै पनि प्रकारको सम्पर्क समन्वय नै नगरी उद्योगको चुनढुङ्गा ढुवानी गर्न एकाएक सयौँ टिप्पर बंगलाचुली प्रवेश गराएको भन्दै रोक लगाएको जानकारी गराउनुभएको छ ।
बंगलाचुली गाउँपालिका संग कुनै सहमति बिनै गाउँपालिका प्रवेश गरेका दर्जनौ टिप्पर तथा टिप्पर चालकहरुलाई बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा पठाईएको छ । उनिहरुलाई १४ दिन सम्म बंगलाचुली गाउँपालिकाको क्वारिन्टिनमा बसाल्ने भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपालगन्ज सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण हुन थालेपछि बन्द भएका मासु पसल पुनः सञ्चालन हुन थालेका छन् । सरकारले सीमा क्षेत्रमा सुरक्षा तथा निगरानी बढाएपछि बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएसँगै यसअघि बन्द भएका यहाँका मासु पसल सञ्चालन हुन थालेका हुन् । यसैबीच, सीमा क्षेत्रमा हुने अवैध बोइलर कुखुराको तस्करीका […]

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

error: Content is protected !!