१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

भारतबाट ७८५ जना नेपालीहरु भित्रिए १०४ भारतीय बाहिरिए

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

एबिसी संचार
लम्की सुदूरपश्चिमका मुख्य दुई नाका गड्डाचौकी र गौरीफन्टाबाट शनिबार ७८५ नेपाली नागरिक नेपाल भित्रिएका छन् भने १०४ भारतीय नागरिक बाहिरिएका छन् । रोजगारीका लागि भारतका विभिन्न शहर गएका नेपाली जेठ २ गतेयता दैनिक नेपाल भित्रिने क्रम जारी रहेकोछ ।
सुदूरपश्चिम प्रहरी कार्यालय, दिपायलका अनुसार शनिबार कञ्चनपुरको गड्डाचौकी नाकाबाट २०४ नेपाली नागरिक भित्रिएका छन् भने २३ जना भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट भित्रिनेको सङ्ख्या घटेको छ । त्यसैगरी, कैलालीको गौरीफन्टा नाकाबाट ५८१ नेपाली नागरिक भित्रिएका छन् भने ९१ भारतीय नागरिक बाहिरिएका छन् । शुक्रबारको तुलनामा उक्त नाकाबाट बढी सङ्ख्यामा नेपाली नागरिक भित्रिएका छन् ।
योसँगै सुदूरपश्चिम प्रदेशमा लकडाउनका समयमा जेठ २ गतेदेखि खुला गरिएका मुख्य नाकाबाट भित्रिने नेपालीको सङ्ख्या करिब एक लाख १८ हजार पुगेको छ भने बाहिरिनेको सङ्ख्या १७ हजार पाँच सय बढी पुगेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!