३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

नेपाली काङ्ग्रेस बाराद्वारा सात वर्षपछि मात्रै बुहारीलाई अंगीकृत नागरिकता दिने प्रावधान बिरुद्ध प्रदर्शन

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

राहुल गुप्ता बारा नेपाली कांग्रेस बाराले प्रस्तावित नागरिकता संशोधन बिरोध प्रदर्शनपछि कलैया भरत चोकमा आयोजित कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय सदस्य यादवले विवाहको ७ वर्षपछि ल्याइएको विधेयकले बिदेशी बुहारीका छोरोछोरीलाई पढानपाउनु पर्ने नैसर्गिक अधिकारीमाथि दमन गर्ने खोजेको आरोप लगाउनुभयो। वहाँले भारतसंग रहेको रोटीबेटी सम्बन्धलाई विगार्दै कोरोना महामारीमा १० अर्बको हिसाब किताब सार्वजानिक नगरी भ्रष्टाचार गरेको आरोप लगाउनुभयो। नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवंम पूर्व सांसद राधेचन्द्र यादवले नेकपा सरकारले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले प्रस्ताव गरेको नागरिकता संशोधन बिधेयकले विदेशी बुहारीलाई दु:ख दिने नियतले ल्याएको बताउनुभयो।
किसानहरुलाई सरकारले धान रोपाईको सिजनमा मलखाद्ध उपलब्ध गराउनुको साटो भष्ट्रचारमा लिप्त रहेको यादवले आरोप लगाउनु भयो। कोणसभामा पूर्वमन्त्री कलावती पासवान, क्षेत्रीय सभापति सुनिल गुप्ता, कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, सचिव हरिन्द्र यादव, करैयामाई गाउँपालिकाका अध्यक्ष भुवनेश्वर धामि, नेबि संघका नेजामुद्दिन अंसारी, तरुण दल सचिव दिपेन्द्र पटेल, रामप्रवेश यादव, लगायतकाले नेकपा र सरकारको रवैयाप्रति असन्तुष्टि जनाउदै तताउने नेपाली कांग्रेस तयार रहेको र आन्दोलन गर्ने चेतावनी दिनुभयो। नेपाली कांग्रेस बाराका सभापति जय चन्द्र चौरसियाको सभापतित्वमा भएको कोणसभाको सञ्चालनमा नेपाल तरुणदल बारा अध्यक्ष लुकेश सिंहले संञचालन गर्नु भएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!