२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपालगन्जमा हजारौं बर्ष पुरानो शिबको चाँदी जस्तो मुर्ति भेटियो

Logo
प्रकाशित आइतबार, आषाढ ०७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज उपमहानगरपालिका वडा नं. ७ गगनगन्जमा चाँदी जस्तो टल्किने मुर्ति भेटिएको छ । नेपालगन्ज उपमहानगरपालिकाले पानी निकासाका लागि नाली खनेको ठाउँमा चाँदी जस्तो टल्किने शंकर भगवानको मुर्ति भेटिएको हो । नाली निकासाका लागि डोजरले खनेको ठाउँमा स्थानिय ४ जना बालकले खेल्ने क्रममा उक्त मुर्ति फेला पारेका हुन् । सुरुमा टल्किएको जस्तो देखियो कोट्याउँदा मुर्ति रहेछ स्थानिय १० बर्षिय बालक सुमित नागले भन्नुभयो । मुर्ति देखिएपछि ४ जनाले पनि निकाल्न सकेनौं अनि स्थानियवासीलाई खवर गरेको उनिहरुले बताए । मुर्ति चाँदीको हुन सक्ने अनुमान रहेको स्थानिय सन्जय शाहीले भन्नुभयो ।
हजारौ बर्ष पुरानो हुन सक्ने अनुमान रहेको स्थानियले बताएका छन् । माटो भित्र रहेपनि मुर्तिमा खिया नलागेको स्थानियले शहिले जानकारी गराउनुभयो । अहिले वडा नं. ७ स्थित रहेको श्री राम जानकी मन्दिरमा उक्र मुत्र्ति राखिएको स्थानिय सन्जय  शाहीले  जनकारी गराउनुभयो । मुत्र्ति स्थानिय सुमित नाग, शिवदेव नेपाली, प्रयास नेपाली र सुवोध नेपालीले भेटाएका थिए । शंकर भगवानको मुत्र्ति ७ किलो भन्दा बढि रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!