२५ साउन २०८३, सोमबार
10-08-2026 , Mon
×

बाँकेमा एसपी राना आउन साथ मोष्ट वान्टेडमा रहेका फरार अभियुक्त पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

सागर थापा
जिल्ला प्रहरी कार्यालय बाँकेले बिगतमा शशस्त्र भुमीगत समुह तराई जनतान्त्रीक मुक्ति मोर्चा ज्वाला सिंह मा आवद्ध रही बाँके जिल्लामा हत्या, अपहरण ज्यान मार्ने उद्योग बम विष्फोट तथा फिरौती रकम माग गर्ने जस्ता विभिन्न आधा दर्जन भन्दा बढी अपराधमा संलग्न रही फरार रहेका जिल्ला बाँके साविक वनकट्टी गा.वि.स.वडा नं.५ हाल डुडुवा गा.पा.वडा नं.३ वस्ने वर्ष ३१ को धर्मा सिंह भन्ने राजेश यादव सोमबार ८ गते भारतबाट घरमा आएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा निजलाई ९ गते बिहान ३ बजेको समयमा जिल्ला बाँके डुडुवा गा.पा.वडा नं. ५ स्थित तरवार थान १, चक्कु थान १ सहित फेला पारी पक्राउ गरी आवश्यक अनुसन्धान जारी रहेको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । विपन्न तथा आर्थिक समस्यामा परेका विद्यार्थी, किसान, मजदुर तथा ज्येष्ठ नागरिकका लागि सहयोग तथा विभिन्न सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने उद्देश्यले घोराही बनाऔँ अभियान र नेपाली जुत्ता घर, घोराही बीच सहमतिपत्रमा हस्ताक्षर भएको छ। २०८३ साल साउन २५ गते घोराहीमा आयोजित कार्यक्रममा घोराही बनाऔँ अभियानका संयोजक सबिन प्रियासन र नेपाली जुत्ता घर, घोराहीका सञ्चालक […]

काठमाडौं । सोसाइटी अफ ट्राभल एन्ड टुर अपरेटर्स (सोट्टो) नेपालले अन्तर्राष्ट्रिय हवाई भाडा महँगो हुँदा नेपालको पर्यटन क्षेत्र प्रभावित भएको टिप्पणी गरेको छ । सोट्टो नेपालले आज पर्यटन पत्रकारसँग गरेको अन्तर्क्रियामा अध्यक्ष मानवबहादुर शाहीले अन्तर्राष्ट्रिय हवाई भाडा अत्यधिक महँगो हुँदा नेपाल आउने पर्यटक प्रभावित भएको बताए । उनले पर्यटनलाई उद्योगका रूपमा मान्यता दिन, श्रम तथा […]

बाँके । प्रहरीले ठगी मुद्दामा फरार रहेका रसोज तामाङलाई पक्राउ गर्न अभियान चलाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी अङ्गुर जिसीले जिल्ला अदालत बाँकेबाट पक्राउ पुर्जी जारी भएको हुँदा फरार अभियुक्त ठग रसोज तामाङलाई तत्काल पक्राउ गर्न मातहतका सबै युनिटलाई निर्देशन दिनुभएको छ। ठगी सम्बन्धी मुद्दामा उनीमाथि धेरै उजुरी परेपछि तामाङ फरार भएका […]