२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

चिनियाँ नाका हिल्सामा सशस्त्र प्रहरीको पहरा सीमा सुरक्षाका लागि खटिए

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

एबिसी संचार
सुर्खेत कर्णालीको एकमात्र अन्तरदेशिय चिनियाँ नाका हिल्सामा सशस्त्र प्रहरीले पहरा दिन थालेको छ । चीनसँग जोडिएको उत्तरी नाका हुम्लाको हिल्सामा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलको (बोर्डर आउट पोष्ट) बीओपी स्थापना गरिएको हो । बीओपी स्थापना भएसँगै सशस्त्रले सीमा क्षेत्रमा गस्ती बढाएको छ ।
देशभरका सीमा क्षेत्रमा बीओपी स्थापना गर्ने क्रम चलेसँगै कर्णालीमा पनि चीनसँग जोडिएको हिल्सा नाकामा बीओपी स्थापना गरिएको छ । बोर्डर आउट पोष्टको औपचारिक उद्घाटनसँगै सीमा सुरक्षाका लागि हिल्सा नाकामा सशस्त्र प्रहरी राखिएको हो । सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआईजी) प्रजाभक्त श्रेष्ठले शनिबार बीओपीको औपचारीक उद्धघाटन गरेका हुन् ।
नाम्खा गाउँपालिका-५ मा स्थापना भएको बीओपीमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा तत्काल पच्चीस जना सुरक्षाकर्मीको टोली कार्यरत रहेको छ । ‘बीओपीमा कार्यरत सशस्त्र प्रहरीले सीमा सुरक्षा तथा अन्य आपराधिक गतिविधि नियन्त्रण तथा रोकथाम गर्न भुमिका खेल्नेछ,’ डिआइजी श्रेष्ठले भने, ‘बीओपीको पहिलो प्राथमिकता भनेको हिल्सा नाकाबाट नेपाल र चीन दुई देशविरुद्ध हुने गतिविधिमाथि निगरानी गर्नु हो ।’
सशस्त्र प्रहरी बल ४४ नम्बर गुल्म हुम्लाका प्रमुख डिएसपी मोहन बिष्टले हिल्सामा बीओपी स्थापनापछि नेपाली सेनाको स्काई ट्रकबाट सशस्त्र प्रहरीलाई हिल्ला पुर्याइएको छ । सिमकोटमा रहेको सशस्त्रको बस्दोबस्तीको सामान, खाद्यान्न र बीओपीका लागि खटिएका सुरक्षाकर्मीलाई नेपाली सेनाको हेलिकोप्टरबाट हिल्सा लगिएको हो ।
बीओपी स्थापनाका लागि डिएसपी बिष्टको नेतृत्वमा दुई साता अघिदेखि हिल्सामा आवश्यक बन्दोबस्ती मिलाइएको थियो । कर्णाली प्रदेशको हुम्लामा मात्र चारवटा नाका चीनसँग जोडिएका छन् ।
जसमा नाम्खाको हिल्सा, नाम्खाको लाप्चा, सिमकोटको चुवाखोला र चंखेलीको टाँके हुन् । जसमा तत्काल टाँके र हिल्सामा बीओपी स्थापना गर्ने स्वीकृति भएको हो । हिल्सामा बीओपी स्थापना भएसँगै चंखेलीको टाँकेमा पनि स्थापना गर्ने तयारी भएको छ । हुम्लावासीले चारवटै नाकामा बीओपी स्थापना गर्न माग गरेका छन् ।
यसअघि नेपाल प्रहरीले हिल्सामा सिमा सुरक्षा दिँदै आएको थियो । तर शनिबारदेखि सशस्त्र प्रहरी बलको बीओपी स्थापना गरेर सुरक्षा व्यवस्था कडा पारिएको प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी गिरीले बताए । उनका अनुसार सीमा सुरक्षाको जिम्मा सशस्त्र प्रहरीलाई दिइएको छ । हिल्सामा बीओपी स्थापना भएकाले सीमामा हुने अपराधिक गतिविधि नियन्त्रण हुने उनको भनाइ छ । अन्नपूर्ण पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!