०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

साउदी अरेबिया सरकारले गरेको निर्णय प्रसंसनीय: डा.अब्दुल गनि अल्कुफी

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

कपिलवस्तु , अषाढ,९
साउदी अरेबियाले यो वर्ष अन्तर्राष्ट्रिय हज यात्रीहरूलाई प्रवेश नदिने भएको छ । मुस्लिम धर्मावलम्बीहरुले साउदी अरेबियामा रहेको पवित्र स्थल मक्का–मदिनमा हज यात्रा गर्छन् ।हरेक वर्ष विश्वभरबाट लाखौँको संख्यामा मुस्लिमहरु हजका लागि साउदी पुग्छन् । तर यो वर्ष कोरोना भाइरसको महामारीले गर्दा साउदी अरेबियाले हज यात्राका लागि विदेशीलाई प्रवेश नदिने भएको हो ।हाल साउदी अरेबियामै रहेका केही सीमित विदेशीहरुले भने हज यात्रा गर्न पाउने त्यहाँको हज मंत्रालय ले जनाएको छ । कोरोना भाइरस महामारी लाई नियन्त्रण गर्न मानवता र जनस्वास्थ्य लाई ध्यान मा राखेर साउदी अरेबिया सरकारले गरेको उक्त निर्णय स्वागतयोग्य र प्रशंसनीय रहेको कुरा राष्ट्रीय मदरसा संघ नेपाल का राष्ट्रीय अध्यक्ष डा. अब्दुल गनि अल्कुफी ले बताएका छन्। मदरसा बोर्ड प्रदेश नं ५ का उपाध्यक्ष मौलाना मसहूद खां नेपाली ले नेपाल बाट समेत यो बर्ष एक हजार पांच सय जना हज गर्न बाट बंचित हुने, एकैपटक लाखौ लाख को संख्या मा हज यात्रि लाई एकै ठाउमा जम्मा गर्नु सान्दर्भिक नरहेको, मुस्लिम समुदाय हज बाट वंचित हुदा दुख रहे पनि विश्व मा (COVID-19) कोरोना भाइरस महामारीको बाध्यता ले गर्दा यस्तो निर्णय को उच्च मूल्यांकन गर्दे सरहना गरे ।राष्ट्रीय मदरसा संघ नेपाल का उपाध्यक्ष शैख जैस मक्की, मौलाना जहीर अहमद बरेलवी, कृष्णनगर नगरपालिका नेकपा नगर कमिटी अध्यक्ष जावेद आलम खां, राष्ट्रीय मदरसा संघ नेपाल का सल्लाहकार अब्दुल अजिज लगाएतले साउदी अरेबिया सरकार ले गरेको उक्त निर्णय स्वागतयोग्य रहेको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!