२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नागरिकता विधयेक मधेसको संस्कृति र पहिचान माथि प्रहार हो सांसद :यादव

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

राहुल गुप्ता
काठमाडौँ प्रतिनिधिसभा सदस्य सांसद प्रदीप यादवले राज्य व्यवस्था समितिले नागरिकता संसोधन सम्बन्धि ल्याएको विधयेक मधेस विरोधी भएको बताउँदै मधेस माथी षडयन्त्र गर्न ल्याएको आरोप लगाएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद् यादवले नेकपा र राज्य व्यवस्था समितिले ल्याएको नागरिकता संसोधन सम्बन्धित विधयेक मधेस विरोध सोचको उपज भएको बताउँदै आरोप लगाएका हुन् ।
उनले नागरिकता विधयेक नेपाल र भारत बीच युगौं युग देखी चल्दै आएको सम्बन्ध माथि प्रहार भएको बताए । ‘नेपाल-भारत; खासगरी नेपालको मधेस र भारतको बिहार र युपीबीच सम्बन्ध सांस्कृतिक, पारिवारिक, धार्मिक हो,’ सांसद् यादवले भने, ‘दुवै देश बीचको सम्बन्ध कुनै कुटनीतिक स्तरमा स्थापित गरिएको छैन, नेपाल र भारतको निर्माण हुनुभन्दा पहिलाको सम्बन्ध हो यो, युगौं युग देखी चल्दै आएको सम्बन्ध हो र प्रस्ताव गरिएको नागरिकता विधयेक यो सम्बन्ध माथी प्रहार हो ।’
सांसद् यादवले भारतिया छोरीहरुसँग यस्तो विभेदकारी नीति ल्याइएको कारण सोध्दै प्रश्न गरे, ‘भारतीय चेलीहरुले नेपालमा कुन ठोलो यस्तो दुर्घटना घटाएका छन् की उनीहरु माथि यस्तो संका गरिँदै छ?’
नागरिकता विधयेक मधेसको जग्गालाई नेपालको ठान्ने अनि हामी मधेसको जनतालाई भारतिया ठान्ने सोचको उपज भएको बताए । ‘नेकपा सरकारले मधेसीलाई टार्गेट गरेर वार गरिरहेको छ, त्यसले हामीले के बुझेका छौँ की मधेसको जग्गा र जमिन नेपालको तर नेपालमा बसोबास गर्ने मधेसीलाई भारतीय जस्तो व्यवहार भएको हामीलाई महसुस भइरहेको छ ।’
उनले यसैगरी मधेसी विरुद्ध षडयन्त्र गरीए राष्ट्रिय एकता कहिले पनि निर्माण नहुने बताए । पर्सा निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित सांसद् यादवले कसैले दबाएर अथवा च्यापेर नमर्ने बताए ।
संसद्मा गर्जिंदै उनले भने, ‘भारतीय चेलीलाई नेपला ल्याएर ७ वर्ष कुराएर नागरिकता दिने रे, विवाह भएको एक वर्ष भित्र बच्चा जन्मिन्छ, नेपालको कानुन हामी तपाईँ सबैलाई थाहा छ, बिना नागरिकता एउटा सिम कार्ड समेत किन्न मिल्दैन, बैंकमा खाता पनी खोल्न मिल्दैन, लोकसेवा परिक्षाको लागी आवेदन फारम भर्न पनि मिल्दैन सभामुख महोदय, हुँदा हुँदै अब बिना नागरिकता पानि पनि पाइंदैन होला, ७ वर्ष सम्म त्यो चेली बेटीले के गर्न? केहिले प्रश्न गर्छन एक हातमा सिन्दुर एक हातमा नागरिकता, यस्तो पनि हुन्छ? म के बताईं दिउ भने हाम्रो मधेसमा नारीले एक पल्ट सिन्दुर लगाईसके पछी आफ्नो श्रीमानलाई पति प्रमेश्वर ठान्छ, यता उति जाँदैन, त्यहि उसको संसार हुन्छ । हाम्रो संस्कृती र परमपरा त्यस्तै छ, यो कुराहरु धेरैलाई तितो लाग्छ होला तर सबै कुरा म भन्न चाहन्न ।’
अन्तमा उनले नेकपा र राज्य व्यवस्था समितिले गरेको निर्णय मधेसी विरोधी भएको बताउँदै भने, ‘यो विधयेक मधेस माथी प्रहार हो, मधेसको संस्कृति माथि प्रहार हो, मधेस माथी सोषण अत्याचार गर्न यो षडयन्त्र भइरहेको छ, यस्तो षडयन्त्र रुकेन भने, हामि सदन चलन दिँदैनौं र हामी सडकबाट समेत संघर्ष गर्नेछौँ ।’

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!