२२ बैशाख २०८१, शनिबार
04-05-2024 , Sat
×

इलाका प्रहरी कार्यालय बहादुरगंज द्वारा १ लाख बढीको कुखुरा बरामद

Logo
प्रकाशित मंगलबार, आषाढ ०९, २०७७

प्रिन्स मिश्रा , कृष्णनगर ।
इलाका प्रहरी कार्यालय बहादुरगंजले अवैद्य कुखुरा बरामद गरेको छ । इप्रका बहादुरगंजबाट खटिएको टोलीले कृष्णनगर देखि बुटवल तर्फ जादै गरेको १ लाख ३० हजार बराबरको अबैध कुखुरा बरामद गरेको हो ।
कृष्णनगर नगरपालिका वडा नं ८ बहादुरगंज चोकबाट अबैध कुखुरा बरामद गरि इप्रका बहादुरगंजको कंपाउंडमा नष्ट गरिएको इलाका प्रहरी कार्यलय बहादुरगंजका नायब निरीक्षक धर्म राज भंडारीले जानकारी दिएका छन ।
बरामद गरिएको कुखुरा कृष्णनगर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष राम मिलन चौधरी, प्रहरी, पत्रकार , सर्वसाधारण लगाएतको उपस्थितिमा नष्ट गरिएको छ।
बरामद कुखुरा १ लाख ३० हजार बराबरको रहेको इलाका प्रहरी कार्यालय बहादुरगंजले जानकारी दिएको छ । आफूहरु अवैध कृयाकलाप रोक्न सधै तत्पर रहेको र आम जनता लगाएत सरोकारवाला संग निरन्तर छलफल गरीरहेको इलाका प्रहरी कार्यालय बहादुरगंजका नायब निरिक्षक धर्म राज भंडारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकहरूलाई सेवा नरोक्न चेतावनी दिएको छ । बिहीबार भारतबाटै सेवा रोकिएको भन्दै स्टन्ट गरेपछि प्राधिकरणले स्थलगत अनुगमन गरेको हो । इन्टरनेट सेवा प्रदायकले सटही सुविधा नपाएको भन्दै सेवा रोकेपछि प्राधिकरणले वल्डलिंक कम्युनिकेसन भायोनेट लगायत इन्टरनेट सेवा प्रदायकको अफिस पूगी चेतावनी दिएको हो । प्राधिकरणबाट जारी विज्ञप्तिमा भनिएको […]

(एबिसि संचार ) सिराहामा आफ्नै बुवालाई कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । ५१ वर्षीय चन्दर यादवलाई कुटपिट गरी हत्या गरेको अभियोगमा गोलबजार नगरपालिका–१० डण्डाटोल बस्ने उनकै छोरा २४ वर्षीय रन्जन भनिने जितेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको हो ।बिहीबार दिउँसो उनलाई पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ । जितेन्द्रले घरायसी विवादमा मंगलबार […]

(एबिसि संचार )                                                                गृह मन्त्रालय अन्तर्गत ७ जना उपसचिवहरूको सरुवा र पदस्थापन गरिएको छ । ६ जनालाई सहायक प्रमुख जिल्ला अधिकारीमा सरुवा र पदस्थापन […]