०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङ प्रहरीलाई पिडान दाङद्वारा प्राथमिक उपचार बक्स वितरण

Logo
प्रकाशित बुधबार, आषाढ १०, २०७७

सागर थापा दाङ कोरोना भाईरस कोभिड १९ को उच्च जोखिम र संक्रमणका बिच पनि सामाजिक उत्तरदायित्व बहन गर्दै नेपाल औषधी थोक व्यवसायी संघ ५ नम्वर प्रादेशिक समिति दाङले जिल्ला प्रहरी कार्यालय दाङ र मातहतका प्रहरी चौकीहरुलाई औषधी र सर्जिकल सामाग्री सहितको उच्च स्तरिय १७ थान प्राथमिक उपचार बक्सको साथै ५ लिटरको सेनिटाईजर हस्तान्तरण गरेको छ। संघका अध्यक्ष शालिकराम आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय दाङका प्रमुख प्रहरी उपरिक्षक गणेश चन्दले औषधी थोक व्यवसायी संघले सुरक्षाकर्मीहरुको स्वास्थ्य समस्या प्रति चासो राखेर प्राथमिक उपचार सामाग्री प्रदान गरेकोमा धन्यवाद दिनुभयो साथै उहाँले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबैको उदेश्य जनसेवा गर्ने नै भएको हुँदा दुबै पक्ष एक-अर्काको लागि सहयोगी हुनुपर्ने र आगामी दिनहरुमा समुदायमा देखापर्ने कुनै पनि महामारीका विरुद्ध समन्वय गरी कार्य सम्पादन गर्ने प्रतिवद्दता समेत व्यक्त गर्नुभयो। संघका सचिव दिपेन्द्र न्यौपानेको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङ शाखाका अध्यक्ष सविन प्रियासनले सुरक्षाकर्मी र स्वास्थ्यकर्मी दुबै पक्ष महामारी नियन्त्रणको अग्र पंक्तिमा सरिक हुने जनशक्ती भएको हुँदा एक आपसमा समन्वय गरेर काम गर्दा राम्रो हुने र प्राथमिक उपचार सामाग्री वितरण आजको सन्दर्भमा ज्यादै महत्वपूर्ण कार्य भएको बताउनुभयो। साथै उहाँले संघले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर प्रशंसा गर्नु भएको थियो। संघका अधिकांश पदाधिकारी र सदस्यहरुको उपस्तिथी रहेको कार्यक्रमको सहजिकरण महासचिव तुफानबाबु श्रेष्ठले गर्नुभएको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!