०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सशस्त्र प्रहरी बाँकेले २ लाख ३५ हजारको अवैध सुर्तीजन्य पक्राउ

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

महेन्द्र सिंह
बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले लकडाउनको समयमा भारतबाट अवैध रुपमा बाँकेमा भित्रीएका सामाग्रीलाई धामाधम बरामद गर्ने कार्य चुस्त बनाएको छ।
सशस्त्र प्रहरीले लकडाउनमा भारतबाट अवैैैध रुपमा भित्रिएका सुर्तीजन्य सामाग्री, काठ लगायत अन्य सामाग्रीलाई बरामद गरि सम्बन्धित कार्यालयमा आबश्यक कारबाहीका लागि समेत पठाउदै आएको छ।
बरामदी सिलसिलामै सशस्त्र प्रहरीले आज बिहान मात्रै फेरि डुडुवा गाउँपालिकाको वडा नम्बर १ को होलियाबाट अवैध रुपमा भारतबाट ल्याउदै सुर्तीजन्य सामाग्री बरामद गरेको छ।
सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा गएको टोलीले आज बिहान ४ बजे राप्ती नदीको किनारबाट ७ जना भारतीय ब्यक्तिहरुले पैदल हिडेर ल्याउदै २ लाख ३५ हजार बराबरको अवैध सुपरपावर सुर्ती र बिडी बरामद गरेको हो।
भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारततर्फ भागेको सहायक निरीक्षक भाटले भने। बरामद गरेको सुपरपावर सुर्ती र बिडीलाई भन्सार कार्यालय बुझाइएको भाटले बताए। सशस्त्र प्रहरीले लकडाउनमा करिब १० लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

error: Content is protected !!