१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

बाँकेबाट कोरोना जितेर १२ जना घर जादै

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

महेन्द्र सिंह जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, कोहलपुरको पिपरीबाट चार, क्यान्सर अस्पतालबाट दुई र राप्तीसोनारीको सर्रीबाट ६ जना डिस्चार्ज भएका छन् । उहाँका अनुसार, आज नै घर जाने अरुको पनि प्रक्रिया थालिएको छ । उनीहरु पनि घर जान सक्छन् ।
कोरोना देखिएपछि आइसोलेसन सेन्टरमा बसेर १४ दिन बिताएकालाई घर पठाउने गरिएको छ । त्यस्तामा यो अवधिमा कुनै लक्षण देखिनु हुँदैन । लक्षण नदेखिएपछि उसले कोरोना जितेको मानिने गरिएको छ ।
बाँकेमा हालसम्म २ सय ८० जनाले कोरोना जितेका छन् । तीन सय ५० जना संक्रमित हुँदा २ सय ८० जना घर फर्किएका हुन् । दुई जनाको मृत्यु भएको छ । बाँके अहिले क्वारेन्टाइमा एक हजार एक सय ४५ जना रहेका छन् । आइसोलसनमा ७५ जना रहेका छन् । अहिलेसम्म बाँकेमा ६ हजार ५ सय ८८ जनाको पीसीआर र ७ हजार ८ सय ७० जनाको आरडीटी जाँच भएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । अर्घाखाँचीका तत्कालीन डिएसपी दिवस जिसीमाथि तीन वर्षअघिको एउटा अनुसन्धानमा लापरबाही गरेको आरोपमा छानबिन शुरु भएको छ । २०८० साउन २६ गते भएको अर्घाखाँचीको भूमिकास्थान ७ का ४५ वर्षीय पदम केसीको मृत्यु प्रकरणमा लापरबाही भएको जनाउँदै जिसीमाथि छानबिन थालिएको हो । त्यतिबेला हातहतियार खरखजाना भवितव्यमा अनुसन्धान गरिएको उक्त मुद्दामा हालका अर्घाखाँची प्रहरी प्रमुख रहेका […]

काठमाडौं । राजु अर्याल सशस्त्र प्रहरी महानिरीक्षक पदबाट सेवानिवृत्त हुनुभएको हो। उहाँ २०८० वैशाख १ गतेदेखि सशस्त्र प्रहरीको ९औं आईजीपीको रूपमा कार्यरत हुनुहुन्थ्यो । – *नारायणदत्त पौडेल*: नवनियुक्त सशस्त्र प्रहरी महानिरीक्षक हुनुहुन्छ। उहाँ सशस्त्रको १०औं आईजीपीको रूपमा नियुक्त हुनुभएको हो। – *विदाई कार्यक्रम*: आईजीपी पौडेलले अवकाशमा जान लाग्नुभएका पूर्व आईजीपी अर्याललाई मायाको चिनो प्रदान गरेर […]

सुर्खेत । सामाजिक संजाल मार्फत प्राप्त गुनासोलाई मध्यनजर गर्दै नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका कार्यालय प्रमुख प्रहरी उपरीक्षक एसपी मुकुन्द प्रसाद रिजालको निर्देशन अनुसार सडकमा सवारी साधनको अगाडी टिकटक बनाउने जिल्ला सल्यान बनगाड कुपिण्डे न.पा.११ बस्ने भावना पुन मगर र सवारी साधनको छतमा यात्रुहरुलाई सवार गराउने लु.प्र.०१-००१ख १०६४ नं.को फोर्स गाडीको […]

error: Content is protected !!