१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

जनकपुरमै मन्त्री साहको पुतला दहन

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

राहुल गुप्ता जनकपुरमा नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरिएको छ।
नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दे, समाजिक विकास मन्त्री नवल किशोर साह राजीनामा दे, जस्ता नारा सहित पुतला दहन गरिएको हो।
नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह को नेतृत्व मा जनकपुरधाम शिव चौक मा गरिएको कार्यक्रम मा समाजिक विकास मन्त्री नवल किशोर साह को पुतला दहन गरिएको छ।
त्यसअघि उनिहरुले अस्पतालमा उपचार नपाएर मृत्यु भएका हँसपुर नगरपालिका वडा नं. ७ का राजु सदा लाई श्रद्धाञ्जली सहित १ मिनेट को मौन धारण समेत गरिएको थियो।
कार्यक्रम मा नेपाल तरुण दल का अखिल मढी,राहुल मिश्रा,रमेशकुमार यादव,अजय गुप्ता, महेस साह,डा राजु साह, डा बिजय साह,सुमन्त कर्ण, राजेश साह, बलराम गुप्ता,बलराम साह,बिजय महता,भरत साह,विजय यादव,अमन सिंह, नेविसंघ का आशुतोष नवीन झा, सुजित यादव,सुमन ठाकुर,मनिष यादव लगायत दर्जनौं तरुण दल तथा नेविसंघ का युवा हरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । चुरोटमा विभिन्न खाले अक्सिडेन्ट रसायन पाइन्छ जसले आँखामा समेत असर गर्दछ । जसका कारण आँखाको ज्योति कम हुने, मोतियाविन्दु, म्याकुलर डिजेनेरेसन तथा अप्टिक न्यूरोप्याथी जस्ता समस्या उत्पन्न हुन सक्दछन् । ·  चुरोटमा हुने निकोटिनले सरीरमा एस्ट्रोजेन हर्मोनको प्रभाव कम गरिदिन्छ । जसका कारण हड्डी कमजोर हुन्छ । · चुरोटको धुवाँले सरीरमा रक्तप्रवाह कम गरिदिन्छ । […]

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

error: Content is protected !!