१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

जनकपुरमै मन्त्री साहको पुतला दहन

Logo
प्रकाशित बिहिबार, आषाढ ११, २०७७

राहुल गुप्ता जनकपुरमा नेपाल तरुण दल धनुषा र नेविसंघ धनुषा द्वारा समाजिक विकास मन्त्री नवलकिशोर साह को पुत्ला दहन गरिएको छ।
नेबिसंघ तथा तरुणदलका युवाहरुले राजु सदा लाई न्याय र राहत दे, समाजिक विकास मन्त्री नवल किशोर साह राजीनामा दे, जस्ता नारा सहित पुतला दहन गरिएको हो।
नेपाल तरुण दल धनुषा का उपाध्यक्ष राकेश बिक्रम साह को नेतृत्व मा जनकपुरधाम शिव चौक मा गरिएको कार्यक्रम मा समाजिक विकास मन्त्री नवल किशोर साह को पुतला दहन गरिएको छ।
त्यसअघि उनिहरुले अस्पतालमा उपचार नपाएर मृत्यु भएका हँसपुर नगरपालिका वडा नं. ७ का राजु सदा लाई श्रद्धाञ्जली सहित १ मिनेट को मौन धारण समेत गरिएको थियो।
कार्यक्रम मा नेपाल तरुण दल का अखिल मढी,राहुल मिश्रा,रमेशकुमार यादव,अजय गुप्ता, महेस साह,डा राजु साह, डा बिजय साह,सुमन्त कर्ण, राजेश साह, बलराम गुप्ता,बलराम साह,बिजय महता,भरत साह,विजय यादव,अमन सिंह, नेविसंघ का आशुतोष नवीन झा, सुजित यादव,सुमन ठाकुर,मनिष यादव लगायत दर्जनौं तरुण दल तथा नेविसंघ का युवा हरुको सहभागीता रहेको थियो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ […]

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

error: Content is protected !!