१६ बैशाख २०८१, आइतबार
28-04-2024 , Sun
×

लुटपाट गर्ने दुईजनालाई साखु प्रहरीको नियन्त्रणमा

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

रबिन शर्मा काठमाण्डौ जिल्ला भक्तपुर चाँगुनारायण न.पा. वडा नं. ४ स्थित आफ्नो बारीमा घाँस काटि रहेकी पार्बती गुरुङलाई चाँगुनारायण तर्फबाट आएका दुई जना युवकले एक्कासी खुकुरी देखाई निजले लगाएको गहना लुटी दिँउसो एक बजे फरार भएकोमा उक्त सुचना प्राप्त गर्ना साथ महानगरीय प्रहरी प्रभाग, साँखुका प्रहरी निरीक्षक गोविन्द पन्थीले आफ्नो एरियामा चारै तर्फ प्रहरी परिचालन गरी भाग्न सक्ने स्थानलाई घेराबन्दी गरी लुटपाटमा संलग्न जिल्ला सिन्धुपाल्चोक घर भै भक्तपुर सुर्यविनायक बस्दै आएका बर्ष ३१ को विशाल तामाङ र बर्ष ४८ को मंगल तामाङलाई घटना घटेको आधा घण्टामै पक्राउ गरेको छ । निजको साथबाट पिडित पार्बती गुरुङले लगाएको ९९ लाल सुनको एक जोर गहना र लुट्दा प्रयोग गरेको खुकुरी समेत वरामद गरेको छ

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                  डीआईजी दुर्गा सिंहलाई गण्डकी प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले डीआईजी सिंहलाई गण्डकी प्रदेश […]

(एबिसि संचार ) सिराहामा छोराको हत्या गरेको आरोपमा एक आमा पक्राउ परेकी छन् । सखुवानन्कारकट्टी गाउँपालिका–५ घर भई हाल लहान नगरपालिका–१ मा बस्दै आएकी ३४ वर्षीया सरिताकुमारी साहलाई प्रहरीले नियन्त्रणमा लिएको हो । गत मंगलबारदेखि नै उनले ५ वर्षीय आफ्ना छोरा आयुशलाई नभेटेको छिमेकीहरुलाई बताएकी थिइन् । छिमेकीले खोजी गर्दासमेत बालक भेटिएका थिएनन् । त्यसपछि […]

(एबिसि संचार ) धनुषामा प्रहरी र स्थानीयबीच झडप भएको छ । युवायुवतीको प्रेम सम्बन्धको विषयलाई लिएर जिल्लाको औरही गाउँपालिका–१ पौडेसरमा दुई समूहबीच विवाद भएको थियो । विवादपछि एक समूहले सडक अवरुद्ध गर्दै प्रदर्शन गरेपछि बल प्रयोग गरेर खुलाउने क्रममा प्रहरी र स्थानीयबीच झडप भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले बताए । उनका अनुसार स्थिति […]