०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बाँके एसपी रानाको कार्वाही सुरु किर्ते कागजात ग्राहकलाई ऋण दिने बैंकका प्रवन्धक पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १२, २०७७

महेन्द्र सिंह
जिल्ला प्रहरी कार्यालय बाँके
नेपालगन्जले किर्ते कागजात बगनाएर ग्राहकलाई ऋण दिने राष्ट्रिय बाणिज्य बैंक नेपालगन्ज त्रिभुवनचोक शाखाका प्रवन्धक ललितबहादुर शाहीलाई बाँके प्रहरीले पक्राउ गरेको छ ।
नेपालगन्जका सुुनचाँदी ब्यबसायी रिजवान अहमद जसगढले जग्गाको लालपूर्जा, नक्सा, कर तिरेको रसिद सहितका कागजपत्रहरु नक्कली बनाएर राष्ट्रिय बाणिज्य बैंकको त्रिभुवन चोक शाखाबाट एक करोड २५ लाख रुपैयाँ ऋण लिएको घटनामा बैंकका शाखा प्रवन्धक शाही पक्राउ परेको प्रहरीले जनाएको छ ।
जसगढलाई भने प्रहरीले यसअघि नै पक्राउ परिसकेको छ । प्रहरीले किर्ते कागजातको अनुसन्धान गर्दै जाँदा बैंकका प्रवन्धक शाहीलाई पक्राउ गरेको हो । बैंकका अरु कर्मचारीसँग पनि बयान लिने काम भइरहेको प्रहरीले जनाएको छ ।
सरकारी छाप किर्तेको अनुसन्धान सकिएपछि प्रहरीले बैंकिङ कसुरको अनुसन्धान गर्ने जनाएको बाँके प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । भारतले पुरानो सिमा पिलर नयाँ राख्ने निउमा नेपाल तर्फको भाग मिचेर अर्को पिलर खडा गरेको छ । पुरानो पिलरको पुर्वपश्चिम पारेर पनि त नयाँ पिलर राख्न सकिन्छ । पुरानो पिलर भन्दा नयाँ पिलर दक्षिण पार्दा भारतको सिमा मिचिन्छ भने उत्तर तिर पार्दा नेपालको सिमान मिचिन्छ । कहाँ छन राजनीति दलहरु ? कहाँ छ […]

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

error: Content is protected !!