१२ साउन २०८३, मंगलबार
28-07-2026 , Tue
×

भारत हुदै नेपाल आउदै सलह किरा कृषि मन्त्रालयमा आकस्मिक बैठक

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

एबिसी संचार
काठमाडौ भारत हुँदै सलह नेपाल प्रवेश गरको छ । सलह बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएकोसंगै कृषि मन्त्रालयको आकस्मिक रुपमा बैठक बोलाएको छ।
मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आएको त्यस बारे छलफल गर्नका लागि १ बजे आकस्मिक बैठक बस्न लागेको जानकारी दिनु भयो ।
पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनु भयो । उहाँले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी दिइएको बताउनु भयो ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाइदिन सक्छ।
यस्तै एक दिनमा १ सय ५० किलोमिटरभन्दा टाढासम्म पुग्नसक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  चितवन । इच्छाकामना गाउँपालिका–७ स्थित सार्वजनिक शौचालय नजिक आज बिहान पहिरोबाट सडक अवरुद्ध भएको हो । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार तत्काल पहिरो पन्छाउने काम थालिएको र यो कार्य कम्तीमा दुई घण्टा लाग्नेछ ।

बर्दिया । बढैयाताल २ फुटाहाबाट भन्सार छली गरी भारततर्फ लैजाँदै गरिएको तथा गोदाममा लुकाइराखिएको ३१ बोरा (९३० केजी) चाइनिज लसुन, तीन थान साइकल र पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गर्दै। बर्दियाको बढैयाताल गाउँपालिका–२ फुटाहा क्षेत्रमा भन्सार छली गरी नेपालबाट भारततर्फ लैजाँदै गरिएको रु. ७ लाख ३ हजार बराबरको चाइनिज लसुनसहित दुई जनालाई प्रहरीले पक्राउ […]

बर्दिया । लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोली*ले बर्दियाको बढैयाताल गा.पा.-२ फुटाहा क्षेत्रबाट भन्सार छली गरि भारत लैजादै गरेको तरबुजको बीउ नियन्त्रणमा लिएको छ।   बाटोमा फेला परेको ११ बोरा तरबुजको बीउ ४० के.जी मुल्य: रु. ४,४०,०/ सामान छाडेर मानिस फरार खाली गोठ गोदामबाट बरामद १७ बोरा तरबुजको बीउ ६८० के.जी मुल्य: रु. […]

error: Content is protected !!