१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

भारत हुदै नेपाल आउदै सलह किरा कृषि मन्त्रालयमा आकस्मिक बैठक

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

एबिसी संचार
काठमाडौ भारत हुँदै सलह नेपाल प्रवेश गरको छ । सलह बारा र सर्लाही जिल्लामा सलहको एक झुण्ड देखिएकोसंगै कृषि मन्त्रालयको आकस्मिक रुपमा बैठक बोलाएको छ।
मन्त्रालयका प्रवक्ता हरिबहादुर केसीले सलह नेपाल प्रवेश गरेकोबारे सूचना आएको त्यस बारे छलफल गर्नका लागि १ बजे आकस्मिक बैठक बस्न लागेको जानकारी दिनु भयो ।
पर्सा, बारा र सर्लाहीका केही ठाउँमा शनिबार बिहान ८ बजे सलह कीराका समूह देखिएको कृषि ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवले जानकारी दिनु भयो । उहाँले सलह कीरा नेपालमा देखिएकोबारे कृषि मन्त्रालयमा जानकारी दिइएको बताउनु भयो ।
अफ्रिकी मुलुकबाट अरबियन देश हुँदै एसियाको इरान, अफगानिस्तान, पाकिस्तान र भारतसम्म आइपुगेको सलह कीरा नेपालमा पनि आएको हो।
सलह किरा करोडौंको संख्यामा हुन्छन्। यो कीराले हरियो वनस्पतिलाई छोटो समयमा पात र डाँठ समेत खाइदिन सक्छ।
यस्तै एक दिनमा १ सय ५० किलोमिटरभन्दा टाढासम्म पुग्नसक्छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । गत आर्थिक वर्ष २०८१/०८२ मा वैदेशिक रोजगारीका क्रममा ज्यान गुमाएका नेपालीहरूको शव सम्बन्धित परिवारलाई बुझाइएको जनाएको हो । प्रहरीको तथ्यांक अनुसार सबैभन्दा बढी मृत्यु हुनेमा २६ देखि ३० वर्ष उमेर समूहका युवाहरू रहेका छन् । यस उमेर समूहका २३३ जनाको शव नेपाल ल्याएर परिवारलाई बुझाइएको छ । त्यस्तै २० वर्षभन्दा कम उमेरका २९ […]

बाँके । नेपालगन्ज रासायनिक मलको अभावले किसानहरू गम्भीर समस्यामा परिरहेका बेला योङ कम्युनिस्ट लिग (वाइसीएल) नेपाल बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । वाइसीएलका केन्द्रीय सचिवालय सदस्य किस्मत आली शेष ‘जीत’ को प्रमुख उपस्थितिमा बाँके जिल्ला अध्यक्ष नरेन्द्र ददेलद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा तत्काल मल आपूर्ति सुनिश्चित गर्न माग गर्दै आन्दोलनको चेतावनीसमेत […]

पर्सा । नेपालको मधेश प्रदेश—देशको समथर भूभाग, जहाँ देशको एक तिहाइभन्दा बढी जनसंख्या बसोबास गर्छ—आज गम्भीर जल संकटको सामना गरिरहेको छ। पानी मानव जीवनको आधार हो, तर यतिबेला मधेशवासीहरूलाई स्वच्छ पिउने पानीको अभावसँगै सिँचाइ र सरसफाइको लागि आवश्यक पानीको हाहाकार झेल्नुपरेको छ। यस संकटको जरा केवल प्राकृतिक स्रोतको सीमिततामा छैन, यो राजनीतिक इच्छाशक्ति, नीति निर्माणमा […]

error: Content is protected !!