१९ बैशाख २०८१, बुधबार
01-05-2024 , Wed
×

नागरिक र प्रहरी बीचको सम्बन्ध प्रगाढ बनाउछु बाँके एसपी: राना

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

सागर थापा/महेन्द्र सिंह जिल्ला प्रहरी कार्यालय बाँकेमा भर्खर सरुवा भई आएका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जिल्लाको शान्ति सुरक्षालाई प्रभावकारी बनाउनका लागि नागरिक र प्रहरीको समन्वयात्मक भुमिका आवश्यक पर्ने बताएका छन् ।
बाँके प्रहरी प्रमुख एसपी रानाले जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा एबिसी संचार खबर 24 नेपाल लगाएत मिडियाहरु सङ कुराकानी गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण लगायतका हिंशात्मक गतिविधिमा जनताले शान्ति सुरक्षाको अनुभुति हुने गरि काम गर्ने वताए ।
जिल्लामा हुने सबैखाले सुरक्षा चुनौतीको समाधानका लागि सबैको सकरात्मक सहयोग हुनुपर्ने बताउदै, जिल्लाका सबै खाले समस्या समाधान लगायत प्रहरी निकायबाट हुने कमीकमजोरीमा समेत आफु जिम्मेवारी पुर्बक भुमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
बाँके जिल्लाको विगतको अपराधिक तथ्याङ्क हेर्दा एकातिर बलात्कार, ज्यान, लागूऔषध चोरी घरेलु हिंसा जस्ता परम्परागत अपराधहरूको चुनौतीहरु विद्यमान रहेको वताउदै प्रहरी प्रमुख एसपी रानाले त्यसको न्यूनिकरणको लागि नागरीकका सचेतनाको आवश्यकता देखिएको बताएका छन् । प्रहरीले काम गर्ने क्रममा केही कमीकमजोरी हुन सक्छ, उनले भने, ‘प्रहरी गलत दिशामा लाग्न खोज्यो भने खवरदारी गर्ने काम संचारमाध्यमको हुनुपर्दछ ।’
प्रहरी प्रशासनको एक्लो प्रयासले मात्र अपराध क्रियाकलापहरु रोक्न नसकिने बताउदै त्यसका लागि समुदायको सहयोग पनि अपरिहार्य हुने कुरामा जोड दिए। जनताको काम छिटो र छरितो गर्ने मातहतका सबै युनिटलाई निर्देशन गरेको जानकारी दिंदै कुनै पनि बहनामा सेवाग्राहीको कामकाज रोकिन नदिने बाँकेमा गुन्डागर्दी, तस्करी, लागूऔषध, नदिजन्य,लगाएत सबैको लिस्ट तयार पार्दै कुनैपनि घटना भए 9858055555 मा फोन गर्न बाँके प्रहरी प्रमुख एसपी रानाले आग्रह समेत गरे ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।

(महेन्द्र सिंह ) बाँकेको नेपालगञ्ज रङ्गशाला सुनसान अवस्थामा छ । रङ्गशालामा उल्लेख्य रुपमा खेलकुद गतिविधि हुन सकिरहेका छैनन् । खेलकुद विकास समिति लुम्बिनी प्रदेश कार्यालयका प्रमुख महेश चन्दले रङ्गशालाको निर्माण कार्य सकिएपछि असारपछि खेलकुदका गतिविधिले गति लिने उनको भनाइ छ । पाँच वर्षअघि आठौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि नेपालगञ्ज रङ्गशालामा करिब रु एक अर्ब ५० […]

(एबिसि संचार )                                                                          भक्तपुरमा १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ परेका छन् । भक्तपुर […]