३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

बाटो नबनाईए पछि सडकमै रोपे जनताले धान

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

राहुल गुप्ता बारा जिल्लाको बाटो हिलो भएपछि स्थिानीहरुले गरे बाटोमै धान रोपाई । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा धान रोपिएको छ । बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ नितनपुर सडक खण्डमा पर्ने भवानिपुर स्थित आयुर्वेद अस्पताल निर दुई दर्जन भन्दा बढि युवाहरु बाटोमै धान रोपी सांकेतिक विरोध गरेका छन । सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक बिरोध गरेको स्थानीयले बताए । पानि पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै बिरोध गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनको लागि रोपाई गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!