०३ पुष २०८२, बिहिबार
18-12-2025 , Thu
×

बाटो नबनाईए पछि सडकमै रोपे जनताले धान

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

राहुल गुप्ता बारा जिल्लाको बाटो हिलो भएपछि स्थिानीहरुले गरे बाटोमै धान रोपाई । लगातार २ दिनको अविरल वर्षाले बाराको कलैया सडक खण्डमा हिलो भएपछि स्थानीय सरकारको सांकेतिक विरोध स्वरूप कलैया उपमहानगरपालिका वडा नम्बर ३ मा पर्ने बाटोमा धान रोपिएको छ । बुधवार राती मात्र परेको पानीले कलैया आउने जाने ग्रामिण क्षेत्रका सडक हिलो हुर्दा सर्वसाधारणलाइ आवतजावत गर्न समस्या भएको छ । कलैया उपमहानगरपालिका वडा नम्बर ३ नितनपुर सडक खण्डमा पर्ने भवानिपुर स्थित आयुर्वेद अस्पताल निर दुई दर्जन भन्दा बढि युवाहरु बाटोमै धान रोपी सांकेतिक विरोध गरेका छन । सडक समस्याहरुको पहिचान तथा तत्काल समस्या समाधानको लागि उक्त सांकेतिक बिरोध गरेको स्थानीयले बताए । पानि पर्दा एम्बुलेनस समेत आवतजावत गर्न समस्या भएको भन्दै बिरोध गर्दै सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउनको लागि रोपाई गराएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्वडीआईजी तथा तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीले आफूविरुद्ध लागेको सहकारीसम्बन्धी मुद्दामा बिगोबराबरको जमानत बुझाएर थुनामुक्त हुन माग गर्दै दिएको निवेदनमा आज सुनुवाई हुँदैछ । उच्च अदालत तुलसीपुरको बुटवल इजलास स्रोतका अनुसार यसअघि विभिन्न कारणले सुनुवाई सरेकोमा आज भने सुनुवाई हुने अवस्था छ । सुनुवाईपछि फैसला […]

विराटनगर । एकतर्फी प्रेम र प्रतिशोधले मानिसलाई कतिसम्म गिराउन सक्छ भन्ने उदाहरण मोरङको धनपालथान गाउँपालिकामा देखिएको छ । धनपालथान गाउँपालिका – २ का राजिव चौधरीकाे विवाह भएको १०–१२ दिन मात्र भएको थियो । नवविवाहित राजिव मंसिर २७ गते कामका लागि कर्सिया बजारमा आए । मोटरसाइकल पार्किङ गरेर उनी आफ्नाे काम गर्दै थिए, प्रहरी आएर खानतलासी […]

बाँके । खजुरा जानकी गाउँपालिका–४ स्थित नहर चोकमा बिहान जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान र मोटरसाइकल ठोक्किँदा तीन जना घाइते भएका छन्। दुर्घटनामा परेकी एक २० वर्षीया युवतीको अवस्था गम्भीर रहेको बताइएको छ। नेपालगन्जबाट खजुरातर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यालय बाँकेको मोबाइल भ्यान (भे.१ ज ३३९) ले सोही दिशामा गइरहेको अपाचे मोटरसाइकल (भे.१३ प […]

error: Content is protected !!