२१ बैशाख २०८१, शुक्रबार
03-05-2024 , Fri
×

बाँकेमा दुईजना कोरोना संक्रमित थपिए

Logo
प्रकाशित शनिबार, आषाढ १३, २०७७

महेन्द्र सिंह बाँके भेरी अस्पताल नेपालगञ्जका अनुसार, कोहलपुर वडा नं. ८ मा ३५ वर्षीय र राप्तीसोनारी वडा नं. ८ मा २५ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
कोहलपुर र राप्तीसोनारीको २ सय २० वटा स्याम्पल जाँच गर्दा दुई जनामा पोजिटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो ।
योसँगै बाँकेमा कोरोना संक्रमितको संख्या ३ सय ५२ पुगेको छ । अधिकारीहरुले बाँकेमा कोरोना नियन्त्रणमा आउदै गरेको बताएका छन् ।
यसैबीच, भेरीमा गरिएको परीक्षणमा बर्दियाका चार जनामा कोरोना देखिएको छ । मधुवन वडा नं. ५ का दुई जना, ठाकुरबाबा वडा नं. ३ का एकजना र गेरुवा वडा नं. २ का एकजना रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(सैलेस बम ) दुईतिर भारतको सीमा जोडिएको कञ्चनपुरमा सशस्त्र प्रहरी बलले अवैध ढङ्गले ल्याइएका रु ८८ लाख बराबरका सामान नियन्त्रणमा लिएको छ । यहाँस्थित सशस्त्र प्रहरी बल नंं ३५ गणका अनुसार गत फागुनपछि भन्सार छली ल्याइएको खाद्य तथा दैनिक उपभोग्य तथा अन्य सामग्री गरी रु ७७ लाख ५१ हजार तीन सय ४६ मूल्य बराबरको सामान […]

(एबिसि संचार )                                                                प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर इन्टरपोल महासचिवालयको आयोजनामा फ्रान्सको लियोनमा वैशाख ११ देखि १३ गतेसम्म संचालन भएको ‘१९औं हेड अफ एनसीबी […]

(रबि बर्णवाल ) वीरगन्जमा रहेको नबिल बैंकबाट एक करोडभन्दा बढी रकम चोरी भएको छ ।आइतबार राती बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी भएपछि बैंकले मंगलबार जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएको छ। वेल्डीङ गर्ने मेसिनले टिनको बक्सा काटेर पैसा चोरी गरेको देखिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।