०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

बाँकेमा नयाँ CDO र SP आउन साथ मापदण्ड नपुगेका २४ क्रसर उद्योगहरु बन्द

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

सागर थापा/महेन्द्र सिंह
बाँकेका विभिन्न स्थानमा संचालित २४ वटा क्रसर उद्योग बन्द हुने भएका छन ।
जिल्ला अनुगमन तथा व्यवस्थापन समितिका संयोजक अजय कुमार श्रीवास्तवको अध्यक्षतामा आइतबार बसेको समितीको बैठकले लाइसेन्स नभएका, नवीकरण नगराएका र कानून अनुसारको मापदण्ड नपुगेका क्रसर उद्योगलाई बन्द गर्ने निर्णय गरेको हो ।
बैठकमा मापदण्ड बिपरित संचालित क्रसर उद्योगहरुको आजैदेखि बिद्युत लाइन काट्न बिद्युत प्राधिकरणलाई अनुरोध गर्ने साथै मापदण्ड एवं प्रक्रिया पूरा नगरी थुपारिएको नदिजन्य पदार्थलाई कानुन बमोजिमको राजस्व लिई प्रमुख आयोजनाहरुलाई बिक्रि बितरण गर्ने व्यवस्था मिलाउने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
प्रजिअ कुरुम्बाङका अनुसार, जिल्लामा हाल संचालित २४ वटा मापदण्ड नपुगेका उद्योगहरुलाई बन्द गराउन लागिएको हो ।
घरेलु तथा साना उद्योग कार्यालय बाँकेका सूचना अधिकारी हुकुम बहादुर ओलीका अनुसार, बाँकेमा हाल १६ वटा क्रसर उद्योग र १० वटा बालुवा प्रशोधन उद्योग दर्ता छन् । जिल्लामा मापदण्ड पुर्याएर प्रक्रियामा आएका उद्योगहरु जम्मा ३ वटा रहेको उनले बताए ।
नदीजन्य पदार्थ व्यवस्थापन कार्यविधि २०७५ अनुसार साविकमा दर्ता भएर सञ्चालनमा रहेका उद्योगहरुले पनि स्थानीय निकायको पुनर्संरचना भै कायम भएका स्थानीय तहमा कार्यविधि स्वीकृत भएको मितिले ६ महिनाभित्र सूचिकृत भई सञ्चालनको अनुमति लिनुपर्ने प्रावधान छ ।
ओलीका अनुसार, साबिकको कानून बमोजिम दर्ता भएका उद्योगहरुलाई प्रदेश सरकारको नयाँ कानून अनुसार पटक पटक घरेलु कार्यालयमा दर्ता/सुचिकृत गर्न अनुरोध गर्दा पनि ती उद्योगहरुले नटेरी नटेरी उद्योग संचालन गरेका हुन ।
सोही प्राबधान अनुसार ती उद्योगहरुलाई २०७५ मङ्सिर महिनामा ६ महिनाको समय दिएर पत्र मार्फत जानकारी गराएको तर दुई बर्ष बितिसक्दा पनि कानून अनुसार दर्ता/सुचिकृत गर्न कार्यालयमा सम्पर्क गर्न नआएको ओलेली बताए ।
बाँकेमा पहिलाको मापदण्ड अनुसार जिल्लामा दर्ता रहेका २६ वटा क्रसर र बालुवा उद्योग बाहेक एउटा बिभागमा दर्ता भएको उद्योग र केही आयोजनामा दर्ता भइ संचालनमा आएका उद्योगहरु छन ।
२६ वटा उद्योग मध्ये मापदण्ड पुर्याएर दर्ता हुन आएका ३ वटा बाहेकका २३ र बिभागमा दर्ता भइ संचालनमा आएको एक गरी २४ वटा उद्योगलाई बन्द गराउन लागिएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!