३० फाल्गुण २०८२, शनिबार
14-03-2026 , Sat
×

डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गर्ने ६ जना पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

एबिसी संचार
काठमाडौं महानगरपलिका-१४ बाफल स्युचाटार पुलस्थित डिउटीमा खटिएको प्रहरीमाथि अभद्र व्यवहार गरेको आरोपमा काठमाडौं बालाजु बस्ने नुवाकोट विदुर नगरपालिका-१३ घर भएका ३४ वर्षीय बिकास बाँनिया लगायत ६ जनालाई गएराति प्रहरीले पक्राउ गरेको छ ।
उक्त स्थानामा महानगरीय प्रहरी वृत्त कालिमाटी र महानगरीय अपराध महाशाखा कालिमाटीबाट खटिएको संयुक्त प्रहरीले प्रदेश ३-०२-००५ प ३६०६ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा बाँनिया सहित ६ जनाले एक्कासी प्रहरी टोलीमाथि मदिराको बोतलले आक्रमण गर्न खोज्दै अभद्र व्यवहार गरेपछि उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट दुई थान मोटरसाइकल, २ थान स्कुटर र मदिराको बोतल ४ थान समेत प्रहरीले बरामद गरेको छ । रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!