१३ साउन २०८३, बुधबार
29-07-2026 , Wed
×

कोरोना रोकथामका लागी एम्बुलेंस शव वाहन र भिटिएम किन्न सांसद यादव को निर्णय

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

राहुल गुप्ता बिरगंज पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले कोभिन–१९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् ।
जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये लक डाउनको कारण काम नभएको तीन वटा योजनाको रु ४६ लाख ४० हजार रकम कोरोना रोकथाम तथा उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न निर्णय गरि सो रकम सहयोग गरिएको सांसद प्रदिप यादवले जानकारी गराएका हुन ।
पर्सा क्षेत्र नं. १ को स्थानीय तह वीरगंज महानगरपालिकालाई परिपत्र गरी सो रकम पठाएको सांसद यादवले बताए । खरिद प्रकृया चाँडै पुरा गरी शव वाहन, एम्बुलेन्स र भिटिएम खरिद गरि जनताको सेवामा लाग्नु पर्ने सांसद यादवले वीरगंज महानगरपालिकालाई अनुरोध गरेका हुन ।
पछिल्लो समयदेखी नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादव पर्सा क्षेत्र नं.१ मा पर्ने प्रत्येक स्वास्थ चौकीमा ज्वरो नाप्ने स्टेन गंज मेसिन, , मास्क, सेनिटाइजर, ग्लब, पन्जासहित विभिन्न स्वास्थ सामग्री प्रदान गरि नारायणी अस्पतालका एम्बुलेन्स चालक, चिकित्सक, संचारकर्मी तथा वीरगंजका पुटपाथमा तरकारी बेच्ने व्यापारीहरुलाई पनि मास्क र सेनिटाईजर बितरण गरेका थिए ।
कोभिन–१९ को चेकजाँचमा अभाव हुन नदिन सांसद यादवले प्रदेश २ को सरकारसंग १८ सय ५० वटा आरडिटि किट सहयोग गरेका थिए र उनकै पहलले प्रदेश सरकारले पर्साबासी र वीरगंजबासीकोे लागी पिसिआर मेसिन पनि खरिद गर्न लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुनसरी । देवानगञ्जमा भएको तनाव र झडपपछि स्थिति बिग्रिएको थियो। अहिले सेना परिचालनसँगै अवस्था नियन्त्रणमा आएको छ। देवानगञ्जमा धार्मिक आस्था र सांस्कृतिक विषयलाई लिएर विवाद सुरु भएको थियो। त्यसपछि स्थानीय दुई पक्षबीच झडप, तोडफोड र आगजनीको घटना भयो। सेना परिचालन अशान्ति नियन्त्रण गर्न नेपाली सेनालाई परिचालन गरिएको छ। सशस्त्र र नेपाल प्रहरीसँगै संयुक्त गस्ती भइरहेको […]

सुनसरी । देवानगन्ज गाउँपालिका–३ स्थित देवानगन्ज बजारमा मंगलबार साँझबाट भीषण हुलदंगा र झडप भइरहेको छ। प्रहरीका अनुसार दुई समुदायबीच साँझ करिब ७ बजेबाट झडप सुरु भएको हो। डेढ घण्टा लामो समयदेखि दुई पक्षबीच लगातार हुलदंगा र झडप भइरहँदा पनि नियन्त्रण सम्भव भइरहेको छैन। अवस्था सुरक्षा नियन्त्रण बाहिर पुगेको छ। दुई पक्षका मानिसहरु रड, भाला, खुँडा, […]

काठमाडौं । कैलालीको गौरीगंगा नगरपालिका १ चौमाला घर भएकी निर्मला साउद छिन् । उनलाई सामेबार पक्राउ गरेर कैलाली पठाइएको विमानस्थल प्रहरीका एसपी राजकुमार सिलवालले बताए । अध्यागमनको विद्युतीय प्रमाणलीमा बैंकिङ कसुरमा कालो सूची देखिएकाले उनलाई पक्राउ गरेर मुद्दा रहेको ठाउँ कैलाली पठाइएको प्रहरीले बताएको छ ।

error: Content is protected !!