२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

कोरोना रोकथामका लागी एम्बुलेंस शव वाहन र भिटिएम किन्न सांसद यादव को निर्णय

Logo
प्रकाशित आइतबार, आषाढ १४, २०७७

राहुल गुप्ता बिरगंज पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवले कोभिन–१९ को रोकथाम निरन्तर निदान र उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न ४६ लाख ४० हजार रकमको सहयोग गरेका छन् ।
जिल्ला समन्वय समिति पर्साको कार्यकक्षमा बसेको बैठकमा स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तर्गत विभिन्न योजनामा विनियोजन भएको कार्यक्रम मध्ये लक डाउनको कारण काम नभएको तीन वटा योजनाको रु ४६ लाख ४० हजार रकम कोरोना रोकथाम तथा उपचारको लागि एम्बुलेन्स, शव वाहन र भिटिएम किट खरिद गर्न निर्णय गरि सो रकम सहयोग गरिएको सांसद प्रदिप यादवले जानकारी गराएका हुन ।
पर्सा क्षेत्र नं. १ को स्थानीय तह वीरगंज महानगरपालिकालाई परिपत्र गरी सो रकम पठाएको सांसद यादवले बताए । खरिद प्रकृया चाँडै पुरा गरी शव वाहन, एम्बुलेन्स र भिटिएम खरिद गरि जनताको सेवामा लाग्नु पर्ने सांसद यादवले वीरगंज महानगरपालिकालाई अनुरोध गरेका हुन ।
पछिल्लो समयदेखी नै कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न अहोरात्र खट्दै आएका सांसद यादव पर्सा क्षेत्र नं.१ मा पर्ने प्रत्येक स्वास्थ चौकीमा ज्वरो नाप्ने स्टेन गंज मेसिन, , मास्क, सेनिटाइजर, ग्लब, पन्जासहित विभिन्न स्वास्थ सामग्री प्रदान गरि नारायणी अस्पतालका एम्बुलेन्स चालक, चिकित्सक, संचारकर्मी तथा वीरगंजका पुटपाथमा तरकारी बेच्ने व्यापारीहरुलाई पनि मास्क र सेनिटाईजर बितरण गरेका थिए ।
कोभिन–१९ को चेकजाँचमा अभाव हुन नदिन सांसद यादवले प्रदेश २ को सरकारसंग १८ सय ५० वटा आरडिटि किट सहयोग गरेका थिए र उनकै पहलले प्रदेश सरकारले पर्साबासी र वीरगंजबासीकोे लागी पिसिआर मेसिन पनि खरिद गर्न लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!