१८ बैशाख २०८३, शुक्रबार
01-05-2026 , Fri
×

देशभर १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ गरेर मनाइँदै

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार
काठमाडौँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार देशभर १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने भएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा गरेको छ ।
विगतमा यी दुई निकायले छुट्टा छुट्टै यो दिवस मनाउँथे तर यसपालि खुमलटारस्थित नार्कको अनुसन्धान केन्द्रमा संयुक्त रूपमा मनाउने भएको छ । सोमबार बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रममा धान रोपाइँका साथै यसको महìवबारे अन्तत्र्रिmया कार्यक्रम गर्ने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताउनुभयो । कोभिड–१९ को कारणले त्यति धुमधामका साथ नमनाउने भए पनि समाजिक दूरी कामय गरी कार्यक्रम गर्ने उहाँले बताउनुभयो । नेपाल सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर महोत्सव मनाउने बताउँदै उहाँले २५ जनाभन्दा बढी भएमा न्यूनतम सामाजिक दूरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने जानकारी दिनुभयो ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेसिनको प्रयोग गर्ने, सकेसम्म थोरै मानिस संलग्न हुने, कृषि मेसिनरीको प्रयोग अगाडि र पछि साबुन पानीले हात धुने तथा निसङ्क्रमणमा पर्याप्त ध्यान दिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । त्यसका साथै रोपाइँ हुने क्षेत्रमा रोपाइँपश्चात साबुनपानीले हात धुने व्यवस्था एवं गुणस्तरीय सेनिटाइजरको व्यवस्था मिलाउने पनि विभागले सबैतिर सर्कुलर जारी गरेको छ । कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले विगतको तुलनामा यसपटक धान उत्पादनमा वृद्धि हुने दाबी गर्नुभयो ।
कर्णालीमा ३५ प्रतिशत
यसैबीच वीरेन्द्रनगर समाचारदाताका अनुसार वर्षा सुरु भएसँगै कर्णालीका किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई छ । सिँचाइ उपलब्ध भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा चलिरहेको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने क्षेत्रमा बीउ राखिसकिएको छ । खेत तयार गर्न लागिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कर्णालीमा ३५ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका बागवानी अधिकृत यामबहादुर रानाले डोल्पामा शतप्रतिशत, जुुम्लामा ९५ प्रतिशत, सुर्खेत÷दैलेखमा समान १० प्रतिशत, सल्यानमा ६५ प्रतिशत, जाजरकोटमा ६० प्रतिशत, कालीकोटमा २७ प्रतिशत, हुम्लामा ७० प्रतिशत, मुगुमा ६२ प्रतिशत, रुकुम पश्चिममा ६२ प्रतिशत रोपाइँ सम्पन्न छ ।
सबैभन्दा बढी धान खेती हुने वीरेन्द्रनगर उपत्यकामा किसानले धान रोपाइँ गर्ने तयारी गरेका छन् । कर्णालीमा ४९ हजार ४२५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिलेसम्म १७ हजार ५०६ हेक्टर जमिनमा धान रोपाइँ भइसकेको निर्देशनालयको भनाइ छ । यसपटक वर्षा छिटो भएकाले पनि कृषकलाई राहत भएको छ । असारको महिना अधिकांश ठाउँमा रोपाइँ सम्पन्न हुने बागवानी अधिकृत रानाले बताउनुभयो ।
कैलाली, कञ्चनपुरमा आधा सकियो
यसैगरी धनगढी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका खाद्य भण्डारका रूपमा चिनिने जिल्ला कैलाली, कञ्चनपुरमा यस वर्षको आधा रोपाइँ सकिएको छ । दुवै जिल्लामा गरेर औसतमा ५०.२५ प्रतिशत (५९ हजार ६९३ हेक्टर जमिनमा) रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । गत वर्षको तुलनामा यो वर्ष अलि बढी रोपाइँ भएको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिनुभयो । यस वर्ष किसानलाई वर्षाको पानीले साथ दिएको छ, उहाँले भन्नुभयो । त्यसैले गत वर्षको तुलनामा यो वर्ष रोपाइँ केही बढी भएको हो । गतवर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवसको दिनसम्म दुवै जिल्लामा सरदर ४७ प्रतिशतजति रोपाइँ भएको थियो ।
चक्लाबन्दी र नयाँ प्रविधिबारे जानकारी
भरतपुर समाचारदाताका अनुसार ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ चितवनमा १७औँ राष्ट्रिय धान दिवस चक्लाबन्दीबारे जानकारी दिँदै नयाँ प्रविधि प्रयोग गरी मनाइने भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भौतिक दूरी लगायतका स्वास्थ्य सावधानी अपनाउँदै माडी–८ कान्तिपुरमा सोमबार दिवसको कार्यक्रम मनाइने भएको हो । स्थानीय कृषकद्वारा सुरु गरिएको चक्लाबन्दी स्थलमा कृषि ज्ञान केन्द्र चितवन, मकवानपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ चितवनले संयुक्त रूपमा आयोजना गर्नेछ । माडीको कान्तिपुरमा स्थानीय कृषकले एक सय बिघा जमिन चक्लाबन्दी गरी गत वर्षदेखि सामूहिक खेती कार्यक्रम सुरु गरेका छन् गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेपाल सरकारले वास्तविक सुकुम्वासीको पहिचान र सुरक्षित व्यवस्थापनपछि मात्र अतिक्रमित सार्वजनिक तथा सरकारी जग्गा खाली गर्ने स्पष्ट पारेको छ। सरकारले सुकुम्वासीहरूमा देखिएको त्रासप्रति सचेत रहँदै उनीहरूलाई ढुक्क हुन आग्रह गरेको हाे। वर्षायाम नजिकिँदै गर्दा बाढी तथा डुबानको उच्च जोखिममा रहेका बागमती तथा सहायक नदी किनारका बस्तीलाई लक्षित गरी वैशाख १२ गतेदेखि विशेष अभियान […]

काठमाडौं । देशको सुरक्षा संरचनामा महत्वपूर्ण भूमिका खेल्दै आएको सशस्त्र प्रहरी बल नेपाल (एपीएफ) यतिबेला ऐतिहासिक मोडमा पुगेको छ। चार वर्षे कार्यकाल पूरा गर्दै सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल अनिवार्य अवकाशमा जाँदैछन् भने उनको स्थानमा नारायणदत्त पौडेल ले कमाण्ड सम्हाल्दैछन्। यो परिवर्तन केवल औपचारिक बिदाइ र नियुक्तिमा सीमित नभई संगठनको भावी रणनीति, सुरक्षा चुनौती र […]

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

error: Content is protected !!