२५ आषाढ २०८२, बुधबार
09-07-2025 , Wed
×

देशभर १७ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ गरेर मनाइँदै

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

एबिसी संचार
काठमाडौँ कृषि तथा पशुपन्छी विकास मन्त्रालयले सोमबार देशभर १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने भएको छ । ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ मूल नाराका साथ १७औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव २०७७ मनाउने तयारी मन्त्रालयअन्तर्गतको कृषि विभाग र नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले संयुक्त रूपमा गरेको छ ।
विगतमा यी दुई निकायले छुट्टा छुट्टै यो दिवस मनाउँथे तर यसपालि खुमलटारस्थित नार्कको अनुसन्धान केन्द्रमा संयुक्त रूपमा मनाउने भएको छ । सोमबार बिहान ८ बजेदेखि कार्यक्रम सुरु हुने कार्यक्रममा धान रोपाइँका साथै यसको महìवबारे अन्तत्र्रिmया कार्यक्रम गर्ने कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले बताउनुभयो । कोभिड–१९ को कारणले त्यति धुमधामका साथ नमनाउने भए पनि समाजिक दूरी कामय गरी कार्यक्रम गर्ने उहाँले बताउनुभयो । नेपाल सरकारको निर्णयबमोजिम बढीमा २५ जनासम्म मात्र भेला भएर महोत्सव मनाउने बताउँदै उहाँले २५ जनाभन्दा बढी भएमा न्यूनतम सामाजिक दूरी (६ फिट) कायम हुने गरी ससाना उपसमूहमा रहेर रोपाइँ महोत्सव मनाउने जानकारी दिनुभयो ।
रोपाइँ महोत्सवमा सम्भव भएसम्म कम श्रम लाग्ने प्रविधि तथा मेसिनको प्रयोग गर्ने, सकेसम्म थोरै मानिस संलग्न हुने, कृषि मेसिनरीको प्रयोग अगाडि र पछि साबुन पानीले हात धुने तथा निसङ्क्रमणमा पर्याप्त ध्यान दिने व्यवस्था मिलाएको उहाँले जानकारी दिनुभयो । त्यसका साथै रोपाइँ हुने क्षेत्रमा रोपाइँपश्चात साबुनपानीले हात धुने व्यवस्था एवं गुणस्तरीय सेनिटाइजरको व्यवस्था मिलाउने पनि विभागले सबैतिर सर्कुलर जारी गरेको छ । कृषि विभागका महानिर्देशक कञ्चनराज पाण्डेले विगतको तुलनामा यसपटक धान उत्पादनमा वृद्धि हुने दाबी गर्नुभयो ।
कर्णालीमा ३५ प्रतिशत
यसैबीच वीरेन्द्रनगर समाचारदाताका अनुसार वर्षा सुरु भएसँगै कर्णालीका किसानलाई रोपाइँ गर्न भ्याई नभ्याई छ । सिँचाइ उपलब्ध भएका अधिकांश ठाउँमा रोपाइँ सकिएको छ भने केही ठाउँमा चलिरहेको छ । आकाशे पानीको भरमा रोपाइँ गर्ने क्षेत्रमा बीउ राखिसकिएको छ । खेत तयार गर्न लागिएको छ । प्रदेश कृषि निर्देशनालयका अनुसार कर्णालीमा ३५ प्रतिशत रोपाइँ भएको छ ।
निर्देशनालयका बागवानी अधिकृत यामबहादुर रानाले डोल्पामा शतप्रतिशत, जुुम्लामा ९५ प्रतिशत, सुर्खेत÷दैलेखमा समान १० प्रतिशत, सल्यानमा ६५ प्रतिशत, जाजरकोटमा ६० प्रतिशत, कालीकोटमा २७ प्रतिशत, हुम्लामा ७० प्रतिशत, मुगुमा ६२ प्रतिशत, रुकुम पश्चिममा ६२ प्रतिशत रोपाइँ सम्पन्न छ ।
सबैभन्दा बढी धान खेती हुने वीरेन्द्रनगर उपत्यकामा किसानले धान रोपाइँ गर्ने तयारी गरेका छन् । कर्णालीमा ४९ हजार ४२५ हेक्टर जमिनमा धान खेती हुन्छ । अहिलेसम्म १७ हजार ५०६ हेक्टर जमिनमा धान रोपाइँ भइसकेको निर्देशनालयको भनाइ छ । यसपटक वर्षा छिटो भएकाले पनि कृषकलाई राहत भएको छ । असारको महिना अधिकांश ठाउँमा रोपाइँ सम्पन्न हुने बागवानी अधिकृत रानाले बताउनुभयो ।
कैलाली, कञ्चनपुरमा आधा सकियो
यसैगरी धनगढी समाचारदाताका अनुसार सुदूरपश्चिम प्रदेशका खाद्य भण्डारका रूपमा चिनिने जिल्ला कैलाली, कञ्चनपुरमा यस वर्षको आधा रोपाइँ सकिएको छ । दुवै जिल्लामा गरेर औसतमा ५०.२५ प्रतिशत (५९ हजार ६९३ हेक्टर जमिनमा) रोपाइँ सकिएको कृषि ज्ञान केन्द्र कञ्चनपुरले जानकारी दिएको छ । गत वर्षको तुलनामा यो वर्ष अलि बढी रोपाइँ भएको केन्द्रका सूचना अधिकारी हरिदत्त जोशीले जानकारी दिनुभयो । यस वर्ष किसानलाई वर्षाको पानीले साथ दिएको छ, उहाँले भन्नुभयो । त्यसैले गत वर्षको तुलनामा यो वर्ष रोपाइँ केही बढी भएको हो । गतवर्ष असार १५ अर्थात् राष्ट्रिय धान दिवसको दिनसम्म दुवै जिल्लामा सरदर ४७ प्रतिशतजति रोपाइँ भएको थियो ।
चक्लाबन्दी र नयाँ प्रविधिबारे जानकारी
भरतपुर समाचारदाताका अनुसार ‘धान उत्पादनमा वृद्धि, आत्मनिर्भरता र समृद्धि’ नाराका साथ चितवनमा १७औँ राष्ट्रिय धान दिवस चक्लाबन्दीबारे जानकारी दिँदै नयाँ प्रविधि प्रयोग गरी मनाइने भएको छ । कोभिड–१९ को सङ्क्रमणलाई ध्यानमा राखी भौतिक दूरी लगायतका स्वास्थ्य सावधानी अपनाउँदै माडी–८ कान्तिपुरमा सोमबार दिवसको कार्यक्रम मनाइने भएको हो । स्थानीय कृषकद्वारा सुरु गरिएको चक्लाबन्दी स्थलमा कृषि ज्ञान केन्द्र चितवन, मकवानपुर र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना एकाइ चितवनले संयुक्त रूपमा आयोजना गर्नेछ । माडीको कान्तिपुरमा स्थानीय कृषकले एक सय बिघा जमिन चक्लाबन्दी गरी गत वर्षदेखि सामूहिक खेती कार्यक्रम सुरु गरेका छन् गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  बाँके । कोहलपुर नेपाल प्रहरी प्रधान कार्यालय,मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखा नक्सालको चलानी नम्बर ८०६१ र ८०६३ पत्रादेशानुसार प्रहरी सहायक हवलदारबाट प्रहरी हवल्दार पदमा र प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा हुनु भएका निम्न प्रहरी कर्मचारीहरुलाई जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके कोहलपुरका ट्राफिक प्रमुख प्रहरी निरीक्षक पुस्कर राज पन्तद्वारा दर्ज्यानी चिन्हद्वारा […]

जुम्ला । कल्पना गर्नुहोस्, तपाईं नाम्चे बजारको एउटा चिया पसलमा चिया पिउदै हुनुहुन्छ, अनि तपाईंको आँखामाथि उभिएको छ, गौरवशाली सगरमाथाको हिमाली मुकुट। अब त्यो हिमाली मुकुट बिस्तारै हराउँदै गएको कल्पना गर्नुहोस्। नेपालका हिमालयहरू, जुन हाम्रो पानी,वन्यजन्तु, र जीविकोपार्जनका मूल स्रोत हुन्, त्यो अहिले जलवायु परिवर्तनका कारण गहिरो संकटमा परेका छन्। हिमनदीहरू पग्लिँदै छन्, मौसम अनियमित […]

  दाङ । घोराही नेपाल प्रहरी प्रधान कार्यालय मानबश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं ८०६१ र ८०६३ पत्रादेशानुसार जनपद समुह तर्फका प्रहरी सहायक हवल्दारबाट प्रहरी हवल्दार र प्रहरी जवानबाट प्रहरी सहायक हवल्दार पदमा सोही समुह तर्फ बढुवा नियुक्त भएका जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका मातहत समेतमा कार्यरत निम्न प्रहरी कर्मचारीहरु लाई दाङ जिल्ला ट्राफिक […]

error: Content is protected !!