०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

गोर्खा हस्पिटलमा एक्सरे गर्न आएकी महिलालाई पुरा नग्न बनाउने स्वास्थ्यकर्मी पक्राउ

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

दाङमा एक्सरे गर्न आएकी एक महिलालाई सबै वस्त्र खोल्न लगाई नग्न बनाएको आरोपमा एक स्वास्थ्यकर्मी पक्राउ परेका छन् ।
घोराही लुहारसुरस्थित गोरखा हस्पिटल रेडियो ग्राफिक्समा काम गर्ने बबई गाउँपालिका वडा नं. ५ निवासी २२ वर्षीय नवराज डाँगी पक्राउ परेका हुन् ।
आइतबार एक नव विवाहित महिला छातीको एक्सरे गर्न आउँदा डाँगीले ती महिलालाई पुरै वस्त्र खोल्न लगाई एक्सरे गरेको आरोप लागेको छ ।
घोराही उपमहानगरपालिका वडा नं. १८ निवासी ती महिलाका श्रीमानले दिएको जाहेरीका आधारमा प्रहरीले डाँगीलाई सोमबार विहान पक्राउ गरेको जिल्ला प्रहरी प्रवक्ता सुमित खड्काले बताए ।
‘छातीको एक्सरे गर्नु पर्नेमा कम्मर मुनिको समेत सबै कपडा खोल्न लगाई नग्न बनाएर एक्सरे गरेको भन्ने जाहेरीका आधारमा डाँगीलाई पक्राउ गर्नु परेको हो’ डिएसपी खड्काले भने ‘पक्राउ परेका व्यक्ति उपर थप अनुसन्धान भइरहेको छ ।’
डिएसपी खड्काले डाँगीविरुद्ध कसुर बमोजिम मुद्धा चलाएर कानुनी कारवाही हुने जानकारी दिएका छन् । साभार रातोपाटीबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!