२९ फाल्गुण २०८२, शुक्रबार
13-03-2026 , Fri
×

मल्ल र शाहीको हत्यारालाई कारबाही हुन्छ अपराधीहरुको लिस्ट बनाउदै एसपी राना

Logo
प्रकाशित सोमबार, आषाढ १५, २०७७

जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले वसन्त मल्ल हत्याकाण्ड लगायत अन्य अपराधमा संलग्न अपराधीको लिष्ट तयार भइसकेको बताउँदै छिटै कारबाही गरिने बताएकाछन् ।
वसन्त मल्ल हत्याकाण्डमा एक दशकपछि पक्राउ परेका बाँके डुडुवा गाउँपालिका–३, का धर्मा सिंह भनिने राजेश यादवमाथि थप अनुसन्धान गरि अन्य दोषीलाई पहिचान गरि कानूनी कारबाही गर्ने उनले बताए । एसपी रानाले भने–‘वसन्त मल्ल र प्रकाश शाहीको हत्या लगायतका अपराधमा संलग्न थप अपराधीको पहिचान भइसकेकोले उनीहरुको खोजी कार्य तिव्र पारिएकोछ ।’ उनले थपे–‘यसका लागि जिल्लामा विशेष सुरक्षा टिम परिचालन गरिएकोछ ।
अपराधमा संलग्न जो सुकै होस्, जस्तो सुकै अवस्था पक्राउ गरि कानूनी कारबाही गरिने बताउँदै छिट्टै नतिजा सार्वजनिक गर्नेछौं ।’ प्रहरीले पक्राउ गरेका राजेशमाथि थप अनुसन्धान तथा कडा कारबाहीको माग गर्दै ठकुरी सहयोग सञ्जाल तथा ठकुरी पत्रकार समाजले सोमबार बिहान बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानालाई भेटी दोषी उपर छानबिन गरि कारबाहीका लागि संयुक्तरुपमा ज्ञापन पत्र बुझाएका छन् । ज्ञापन पत्र बुझ्दै बाँके प्रहरी प्रमुख रानाले भने –‘यस विषयमा बाँके प्रमुख जिल्ला अधिकारी ज्यूसंग मेरो छलफल भइसकेकोछ । पीडितलाई न्याय र पीडकलाई कारबाहीका लागि बाँके प्रहरी कटिबद्ध छ । पीडित परिवारलाई शान्ति सुरक्षा प्राप्त हुन्छ ।’
एसपी रानाले थपे–‘म जहाँ गएपनि विगतमा अपराधमा संलग्न अपराधीलाई पक्राउ गरि कारबाही गर्ने प्रमुख प्राथमिकतामा राखेकोछु । यसमा सफलता पनि मिलेकोछ ।’ ज्ञापन पत्र बुझ्ने क्रममा उनले अगाडी थपे–‘पीडितको पीडा मैले महसुस गरेकोछु । अहिलेसम्म कानूनको आँँखा छलेर बस्ने अपराधी कारबाहीको दायरामा ल्याउछु ।’ एसपी रानाले बाँके जिल्ला आए लगत्तै जिल्लाको शान्ति सुरक्षा, अपराध न्यूनिकरण तथा फरार अपराधीलाई कानूनको कटघेरामा उभ्याउन विशेष सुरक्षा टोली खटाएर काम गरिरहेको बताए ।
तत्कालिन तराई जनतान्त्रिक मुक्ति मोर्चा (ज्वाला) समुहको आडमा जिल्लामा दर्जन बढि अपराध गरेका राजेश बाँके प्रहरीको सर्वाधिक खोजीको सूचीमा रहेको थियो । बाँके प्रहरीको मोस्ट वान्टेड रहेका राजेशलाई बाँके प्रहरीले असार ९ गते उनकै निवास बनकट्टिबाट पक्राउ गर्न सफल भएको हो । २०६५ साल माघ ११ गते बाँके राधापुर सैनिकका प्रकाश शाही तथा २०६६ भदौ २१ गते नेपालगन्ज २१ पुरैनाका वसन्त भनिने छन्द विक्रम मल्लको हत्यामा संलग्न पाइएका राजेशलाई प्रहरीले पक्राउ गरेको थियो ।
अपराधीलाई कानूनी दायरामा ल्याएर कारबाही गर्ने र पीडित परिवारको माग शहिद तथा परिपुरणका लागि बाँके प्रहरीले आवश्यक कदम चाल्ने प्रतिबद्धता दिदै बाँके प्रहरी प्रमुख एसपी रानाले भने मल्ल र शाहीको घटनामा दोषी भेटिएका सबैलाई एक–एक गरि खोज्दै कारबाही गर्नेछु । दोषीलाई कडा कारबाही, हत्यामा सलंग्नको पहिचान, हत्या गरिनुको कारणको माग गर्दै ठकुरी सहयोग सञ्जाल बाँकेका अध्यक्ष दीपक बहादुर शाही र ठकुरी पत्रकार समाजका अध्यक्ष करुणा शाहले संयुक्तरुपमा उक्त ज्ञापन पत्र बाँके प्रहरी प्रमुख एसपी रानालाई बुझाएका हुन् ।
हिजो (आईतबार) मात्रै दोषीलाई कारबाही र पीडितका माग सम्बोधन गराउन सञ्जाल र समाजले संयुक्तरुपमा बाँके प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङ्गलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्र बुझ्दै बाँके प्रमुख जिल्ला अधिकारीले आवश्यका कारबाहीका लागि पहल गर्ने प्रतिबद्धता समेत दिएका थिए ।
संस्थागत रूपमा बुझाइएको विज्ञप्तीमा भनिएको छ वसन्त मल्ल तथा प्रकाश शाहीलाई सरकारले तत्काल कुनै दुविधामा नपरि शहिद घोषणा गरि शहिदले पाउनु पर्ने सेवासुविधा उपलब्ध गराउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न थप दोषीलाई पहिचान गरि उनीहरुलाई कानूनी कठघेरामा ल्याउनुपर्ने, मल्ल र शाहीको हत्यामा संलग्न धर्मा सिहं भनिने राजेश यादवसहित अन्य फरार अभियुक्त, हत्या गरिनुको कारण, हत्या गराउन लगाउने सबैलाई पहिचान गरि कडा भन्दा कडा कानूनी कारबाही गरिनुपर्ने तथा पीडित परिवारको सदस्यहरुको जीवधनको सुरक्षा प्रत्याभुतीका लागि आवश्यक वातावरण निमार्ण गरि शान्तिसुरक्षा प्रदान गर्नुपर्ने माग गरिएकोछ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!