११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

लकडाउन साउन ७ सम्म सीमा नाका र अन्तर्राष्ट्रिय उडान बन्द

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार काठमाडौं सरकारले कोरोना भाइरस रोकथामका लागि जारी लकडाउनलाई ७ साउनसम्म लम्ब्याउने निर्णय गरेको छ ।
सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले ७ साउनसम्म अन्तर्राष्ट्रिय सीमा नाका र अन्तर्राष्ट्रिय उडान पनि बन्द राख्ने निर्णय गरेको वताइएको छ ।
यसअघि जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनलाई खुकुलो बनाउने निर्णय गरेको थियो ।
अहिले स्वास्थ्यसँग सम्वन्धित सबै सेवा खुला छन् भने उद्योग, व्यापार, व्यवसाय, पसल, डिपार्टमेन्टल स्टोरहरु खुला गरिएको छ । सबै प्रकारका ढुवानी सेवा पनि खुला गरिएको छ ।
तर, सपिङ मल, जिमखाना, सबै प्रकारका धार्मिक तथा सामाजिक स्थलहरु, क्वारेन्टाइनका लागि तोकिएका बाहेकका होटल भने बन्द गरिएको छ ।
मन्त्रिपरिषद् बैठकले जारी खुकुलो लकडाउनलाई साउन ७ सम्म कायम राख्ने निर्णय गरेको एक मन्त्रीले वताए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!