११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा जबर्जस्ती डोजर चलायो

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौँ, सबैले अषाढ १५ धान दिवस मनाई रहदा बाँके जानकी गाउँपालिका ३ का किसानहरुको १५ गतेको दैनिक निक्कै तनाबमा बित्यो । नेपालगन्ज उपमहानगरपालिकाले किसानको खेतमा धान दिबसकै दिनमा नाला बनाउने बाहानामा डोजर प्रयोग गरेपछि तनाबपुर्ण बनेको हो ।
जानकी गाउँपालिकाको भुगोलमा नेपालगन्ज उपमहानगरपालिले बिना जानकारी र परामर्श प्रहरी प्रयोग गरेर खेतमा डोजर प्रयोग गरेपछि तनाब बढेको हो । जानकी गाउँपालिका ३ काइन्द्रबाली धोबी, खेतमा आली लगाउँदै थिए एक्कासी डोजर आएर खेत भत्काउन थालेपछि एक्कासी झस्किए । त्यस्तै डाबुलिया पासी, सम्सुदिन सेख पनि खेतमा ब्यस्त थिए । नगरपालिकाले पारेकाे चट्याङले उनिहरूकाे ‘मानो छरेर मुरी उब्जाउने’ सपनामाथि बज्रपात भयाे । निरासा हुदै भने जनताको लागि भनेको सरकारले यसरी दुख दिन्छ सोचेकै थिएनौँ ।
ब्यक्तिको जग्गामा १७ औ धान दिवसको अबसरमा नेपालगन्ज उपामहानगरपलिकाले कुनैपनी सूचना प्रकाशि नगरी जानकि गाउपालिका वार्ड न ३ को नक्शा न ३ क मा रहेको जग्गामा डोजर लगाएको हो । उपमहानगरले जर्बजस्त डोजर चलाएपछि जानकी गाउँपालिकाका जनप्रतिनिधहरू समेत बिरोधमा उत्रिएका छन । प्रहरीको लाठ्ठी चार्जबाट एकजना महिला गुल्सान शेखको हातमा चोट लागेको जानकी गाउँपालिका वडा नं ३ का अध्यक्ष बिन्देस्वारी बर्माले जानकारी दिए ।
अध्यक्ष बर्माले उपमहानगरले जर्बजस्त गरे सहय नहुने बताए । उनले यस्तो रबैया निरन्तर चले बिवाद चर्किने चेतावनी समेत दिए । उक्त बिषयमा जानकी गाउँपालिकाका अध्यक्ष राम निवास यादवले पनि नगरपालिकाले समन्वय नगरेर जर्बजस्त गर्न नहुने बताएका छन । तर नेपालगन्ज उपमहानगरपालिकाका मेयर डा धवलशम्सेर राणासंग यो बिषयमा बुझ्न खोज्दा सम्पर्क हुन सकेकाे छैन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!