०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारको सुरक्षाको लागि प्रदर्शन गर्ने

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
काठमाडौं नेपाल पत्रकार महासंघले श्रमजीवी पत्रकारहरुको पेशागत सुरक्षाका लागि प्रदर्शन गर्ने भएको छ । महासंघले आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीजी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रर्दशन गर्ने निर्णय गरेको हो ।
त्यसैगरी समस्या देखिएका सञ्चारगृहहरुमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको महासंघको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ । अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा महासंघका उपलव्ध पदाधिकारी तथा केन्द्रीय सदस्यहरुको बैठकपछि महासचिव रमेश विष्टद्वारा जारी विज्ञप्तिमा विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन गराउने जस्ता जटिल समस्या देखिएको उल्लेख छ ।
विज्ञप्तिको पूर्णपाठ
नेपाल पत्रकार महासंघको उपलब्ध पदाधिकारी तथा सदस्यहरुको बैंठक २०७७ असार १५ गते महासंघका अध्यक्ष गोविन्द आचार्यको अध्यक्षतामा सम्पन्न भयो ।
बैठकमा विश्वव्यापीरुपमा फैलिरहेको कोरोना (कोभिड– १९) को संक्रमणले सञ्चारक्षेत्रमा परेको असर र श्रमजीवी पत्रकारको पेशागत सुरक्षाको विषयमा गम्भीर छलफल तथा समीक्षा भयो । विशेषगरी लकडाउनको अवधिमा श्रमजीवी पत्रकारलाई निष्कासन गर्ने, बेतलबी बिदामा राख्ने, पारिश्रमिक कटौती गर्ने, काम गर्ने वातावरण नदिने, जिम्मेवारीविहीन गराउने जस्ता जटिल समस्या देखिएको छ ।
यसै परिप्रेक्ष्यमा महासंघले श्रमजीवी पत्रकारको हकअधिकार संरक्षणका लागि सशक्त आन्दोलनमा उत्रने निर्णय यसअघि नै लिइसकेको छ । आन्दोलनका लागि महासंघले यसअघि सञ्चारगृहहरुमा समयसीमासहित बुझाएको अल्टिमेटमको समीक्षा समेतका आधारमा आगामी असार १९ गते काठमाडौंको बबरमहलमा श्रमजीवी पत्रकारको पेशागत सुरक्षा र अधिकार स्थापित गर्न वृहत प्रदर्शन गर्ने निर्णय भएको छ ।
साथै, समस्या देखिएका सञ्चारगृहमा आगामी असार २० गतेदेखि आकस्मिकरुपमा धर्ना, घेराउ र कालो व्यानर राख्ने लगायतका विरोध कार्यक्रमका कार्यतालिका तय गरिएको छ । यस्तै श्रमजीवी पत्रकारको पेशागत सुरक्षाका लागि नेपाल सरकार, संसद, पेशागत संघसंगठन, संयुक्त राष्ट्रसंघ, अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे), अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) लगायतका राष्ट्रिय, अन्तर्राष्ट्रिय समुदायलाई ऐक्यवद्धताका लागि आग्रह गर्ने निर्णय समेत भएको छ ।
रमेश विष्ट
महासचिव
मिति : २०७७/०३/१५

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!