१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

जीप दुर्घटना हुँदा आमा र छोराको मृत्यु, तीन जना घाइते

Logo
प्रकाशित मंगलबार, आषाढ १६, २०७७

एबिसी संचार
हेटौँडा मकवानपुर जिल्लास्तरीय मानवअधिकार अवस्था अनुगमन समितिका संयोजक तथा गैरसरकारी संस्था महासङ्घ मकवानपुरका अध्यक्ष डा कृष्ण धितालको परिवार सवार जीप दुर्घटना हुँदा धितालकी श्रीमती र छोराको मृत्यु भएको छ।
जीपमा सवार तीन जना घाइते भएका छन् । सोमबार साँझ मुग्लिन-नारायणगढ सडकखण्डको १७ किलो भन्ने स्थानमा दुर्घटना भएको थियो । दुर्घटनामा धितालकी श्रीमती प्रभा गौतम र छोरा अनुजको मृत्यु भएको हो। स्कर्पियो जीपमा काठमाडौँबाट हेटौँडातर्फ आउने क्रममा भारतीय ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको चितवन प्रहरीले जनाएको छ ।
धितालकी श्रीमतीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको चितवन प्रहरीले जनाएको छ। छोरा अनुजको उपचारका क्रममा आज बिहान मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। दुर्घटनामा परी चालक राजन घिमिरे गम्भीर घाइते भएका छन्।
यस्तै कृष्ण धिताल र छोरी वर्षा मध्यम अवस्थामा रहेको चितवन प्रहरीले जनाएको छ। धिताल परिवार सवार बा१३च ५९२९ नंको स्कर्पियो नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको एनएल ०१०५१६० भारतीय नम्बरको ग्यास बुलेटसँग ठोक्किएर दुर्घटना भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । कर्णाली प्रदेशका विभिन्न प्रहरी चेकपोस्टमा हुन सक्ने सम्भावित गैरव्यावसायिक गतिविधि प्रति कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालयले गम्भीर चासो देखाएको छ। कर्णाली प्रदेश ट्राफिक प्रहरी कार्यालय प्रमुख एसपी मुकुन्द रिजालले आफ्ना मातहतका सम्पूर्ण प्रहरी कर्मचारीलाई यस्ता अवैध गतिविधिमा संलग्न नहुन कडा निर्देशन दिनुका साथै यस्तो गतिविधिमा संलग्न भएको पाइए कडा कार्वाही हुने बताएका छन्। […]

चितवन । बुटवल नारायणघाट आयोजनाको पश्चिम खण्ड कार्यालयले सूचना जारी गर्दै शुक्रबार देखि आइतबारसम्म बेलुका ७ देखि बिहान ५ बजेसम्म दुम्कीबास–दाउन्ने–बर्दघाट खण्डमा मालवाहक सवारी रोक्ने निर्णय गरेको हो । आज परेको वर्षाका कारण सडक चिप्लो भई सवारी साधन चिप्लिने र अड्किने समस्या देखिएको आयोजनाले जनाएको छ । आयोजना कार्यालयका अनुसार बर्दघाटतर्फका सवारी साधन त्रिवेणी चोकमा […]

उदयपुर। बेलका नगरपालिका–४ हरिपुरस्थित भित्री सडक खण्डमा चलिरहेको स्कुल बसबाट खस्दा ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृ त्यु भएको छ। प्रहरीका अनुसार बस गुडिरहेको अवस्थामा अचानक खस्दा बालक गम्भीर घाइते भएका थिए र घटनास्थलमै उनको ज्यान गएको हो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

error: Content is protected !!