दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति कानुन अनुसार पालिकामा यस्तो निर्णय गर्न सुझाव दिनु भयको छ ।
प्रियासनले लेख्नुभएको छ – सामाजिक सञ्जालमा सुर्ती गुटकाको प्लास्टिकबाट बनेको खोलका कारण बजारमा व्यापक प्रदूषण छ। सरकारले यसलाई पूर्णरूपले बन्द गर्न सक्दैन भने कम्तिमा पनि यसको खोललाई कागजबाट बनाउन लगाउनुपर्छ l कागजबाट बनेको खोल डिस्पोज हुन्छ वातावरण प्रदूषणमा यसले कम नोक्सान गर्छ। यस्तो खोल नबनाउँदासम्म कम्तीमा पनि हरेक पालिकाले स्थानीय नियम कानुन अनुसार सुर्ती गुटका बिक्री वितरणमा रोक लगाउँदा राम्रो हुन्छ। धन्यवाद l