२६ आषाढ २०८२, बिहिबार
10-07-2025 , Thu
×

नेपालगन्ज उद्योग वाणिज्यसंघले राहत सहयोग घोषणाको माग गर्दै आन्दोलन

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगञ्ज उद्योग वाणिज्य संघको मंगलबार बसेको बैठकले बिभिन्न निर्णय गरेको छ
अध्यक्ष अब्दुल वाहिद मन्सुरीको अध्यक्षतामा बसेको बैठकले निजीक्षेत्रलाई सरकारका तर्फबाट राहत सहयोग घोषणा गराउनका लागि आवश्यकताका आधारमा आन्दोलनको तयारी गर्ने निर्णय गरेको छ ।
नेपाल सरकारद्वारा कोरोना महामारीको संकटमा उद्योगी, व्यवसायीहरुमा पर्न गएको असहजतालाई बजेटमार्पmत पर्याप्त सम्बोधन नगरेको र आगामी नेपाल राष्ट्र बैंकद्वारा जारी गर्ने मौद्रिक नीतिमार्पmत उद्योगी, व्यवसायीहरुका विभिन्न मागहरु (बैंक ब्याज छुट मिन्हा र सहुलियत आदि) लगायत सरकारबाट सम्बोधन हुन सक्ने सम्पूर्ण मागहरुका लागि सरकारलाई दबाव दिनका लागि आवश्यकता अनुसार आन्दोलनको कार्यक्रम बनाउने निर्णय गरेको हो ।
सोका लागि विभिन्न जिल्ला तथा नगर उद्योग बाणिज्य संघहरुलाई आन्दोलनमा एक्यबद्धता जाहेर गर्न पत्राचार गर्नु, व्यवसायिक राहतका लागि नेपाल सरकारसँग माग गर्ने, नेपाल राष्ट्र बैंक लगायत (क) र (ख) वर्गका वाणिज्य बैंकहरुसँग समन्वय गरि यथाशिघ्र छलफल कार्यक्रम गर्ने सर्वसम्मतिले निर्णय गरिएको महासचिव चिरञ्जीवी ओलीले बताउनुभयो ।
बैठकले संघका पदाधिकारी तथा कार्यसमिति सदस्यले कोभिड–१९ बाट प्रभावित व्यवसायीहरुको घरभाडा छुट, सहुलियत गर्न, गराउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुपर्ने र पदाधिकारी तथा कार्यसमिति सदस्यहरुको घरमा व्यवसाय सञ्चालन गर्ने, व्यवसायीहरुलाई घरभाडा छुट गर्नका लागि सहमति र समझदारीका आधारमा छुट गर्ने सर्वसम्मतिबाट निर्णय गरेको छ ।
बैठकले संघद्धारा स्थापन गरिएको विपद व्यवस्थापन राहत कोषमाको हरहिसाव सार्जजनिक गरिएको छ । कोषाध्यक्ष हरिलाल न्यौपानेले पेश गरेको हरिहिसाव अनुमोदन गरिएको छ ।
बैठकले संघको विधानको परिच्छेद ५ को धारा (२७) को उपदफा (च र छ) बमोजिम विभिन्न समितिहरु गठन गर्ने सर्वसम्मतिले निर्णय गरेको छ । संघका प्रवक्ता टंकबहादुर धामीका अनुसार, संघका साधारण सदस्य प्रेमलाल श्रेष्ठको श्रीमती शोभा श्रेष्ठ विगत सात (७) महिना देखि प्राण घातक रोग क्यान्सर सँग जुधी रहेकोले कार्यसमितिका पदाधिकारी तथा सदस्यद्वारा व्यक्तिगत रुपमा ५१ हजार आर्थिक सहयोग गरेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

धनगढी । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकाश विभाग, कर्मचारी प्रशासन शाखाको चलानी नम्बर ८०६१ र ८०६३ मिति २०८२।०३।२३ गतेको निर्णयले प्रहरी सहायक हवल्दार पदबाट प्रहरी हवल्दार पदमा बढुवा हुनु भएका प्रहरी हवल्दार मनोज राम महर, ललित बहादुर सिंह, अशोक कुमार अधिकारी, पुजा कुमारी बोकटी, दिपेन्द्र बहादुर भण्डारी, बिरेन्द्र सिंह धामी र प्रहरी जवान पदबाट […]

बाँके । बर्दिया र तराई क्षेत्रमा वर्षायाममा बबई नदीमा आउने बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति पुर्‍याउने गर्दछ। यस क्षेत्रको भौगोलिक बनावट र नदीको बहावका कारण बाढीको जोखिम उच्च छ। बाढीबाट बच्न र क्षति कम गर्नका लागि निम्न कुराहरूमा ध्यान दिनु आवश्यक छ: पूर्व-तयारी: वर्षायाम सुरु हुनुअघि नै घरका सामानहरू सुरक्षित स्थानमा सार्ने, खाद्यान्न र […]

रसुवा । गोसाईंकुण्ड गाउँपालिका वडा नम्बर ३ लिङलिङमा उद्धारको लागि २ नम्बर गुल्मबाट गएका सहायक हवल्दार विशाल थापा भिरबाट लडेर घाइते भएका हुन् । २१ जनाको टोली गएकोमा थापा १० मिटर तल खोँचामा खसेका थिए । उनको टाउको र घुँडामा चोट लागेको सशस्त्र प्रहरी बलका सहायक प्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए । उनको प्राथमिक […]

error: Content is protected !!