२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ प्रहरीले वडाध्यक्षलाई कुटपिट गरेको आरोपमा तीन पक्राउ

Logo
प्रकाशित बुधबार, आषाढ १७, २०७७

सागर थापा
दाङ प्रहरीले मङ्गलबार दिउँसो दाङको शान्तीनगर गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष फर्सराम डाँगीलाई कार्यालयमै गई कुटपिट गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्नेमा शान्तिनगर गाउँपालिका वडा नम्बर ४ घर भइ हाल तुलसीपुर ५ मासुमार्केट बस्ने बर्ष २९ का अर्जुन शाही, शान्तिनगर २ सिमसुन्दरपुरका ५१ बर्षिय इन्द्रबहादुर वली र वडा नम्बर ३ झलनेटीका ३८ बर्षिय रेशम बहादुर बिक रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
कुटपिट गर्न गएका पाँचजना मध्ये तीन जनालाई मंगलबार राति शान्तिनगर २ स्थित जङ्गलबाट पक्राउ गरिएको सिंहले बताए ।
वडाअध्यक्ष डाँगीलाई उनिहरुले मङ्गलबार दिउँसो कार्यालयमै गई फलामको रड र काठको लाठीले शरीरको शंबेदनसिल अङ्ग टाउकोमा प्रहार गरी घाइते बनाएका थिए ।
उनिहरुमाथी थप अनुसन्धान भइरहेको र ज्यान मार्ने उद्योगमा मुद्दा चलाइने प्रहरीले जनाएको छ ।
घाइते डाँगीलाई उपचारका लागि काठमाडौं लगिएको छ । डाँगीको ह्याम्स अस्पतालमा उपचार भइरहेको ईलाका प्रहरी तुल्सीपुर प्रमुख डिएसपी सिंहले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!