२६ साउन २०८३, मंगलबार
11-08-2026 , Tue
×

बारामा चट्याङले ४ जनाको मृत्यु

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

राहुल गुप्ता
बारामा बिहीबार बिहान चट्याङले गर्दा ४ जनाको ज्यान गएको छ । चट्याङ लागेर ज्यान गुमाएका मृतकको परिवारलाई प्रदेश न.२ सरकारले १ लाख रुपैंया राहत दिने निर्णय गरेको छ ।
प्रदेश सरकारको आकस्मिक बैठक बस्दै प्रदेश २ सरकारका भौतिक पुर्वाधार विकास मन्त्री जितेन्द्र सोनलले भने , बारामा बिहीबार बिहान चट्याङ लागेर ४ जना महिलाले ज्यान गुमाएको दुखद खबर आउने बित्तिकै आकस्मिक बैठक बसेर मृतकका प्रत्येक परिवारलाई एक/एक लाख रुपैंया राहत स्वरुप दिने निर्णय भएको छ, मृतक सबैप्रति हार्दिक समवेदना पनि व्यक्त गरिएको थियो ।
मृत्यु हुनेमा कलैया उपमहानगरपालिका वडा नम्बर १२ शितलपुरकी ३५ वर्षिय आशादेवी महतो, ४५ वर्षिय हलिमा खातुन, फेटा गाउँपालिका वडा नम्बर १ की ३० वर्षिय इन्दुदेवी महतो र ४० वर्षिय सुनारपतीदेवी महतो रहेका छन् । उनीहरु चारैजनाको घटनास्थलमै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । डुडुवा गाउँपालिकाको सहयोगमा प्रहरी चौकी खडैचाको लागि आवश्यक सामानहरू प्राप्त भएका छन्। प्राप्त सामानहरू स्टिल दराज – १ थान टेबुल पंखा – १ थान टेबुल – १ थान सिलिङ पंखा – १ थान मल्टिप्लग – १ थान कार्यालयको दैनिक कामकाजलाई व्यवस्थित र सहज बनाउन यति महत्वपूर्ण सहयोग उपलब्ध गराउनु भएकोमा डुडुवा गाउँपालिकाको कार्यालय […]

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालको प्रधान कार्यालय शिक्षालय, गण तथा गुल्महरूमा नयाँ कार्यालय प्रमुखको जिम्मेवारी प्राप्त गर्नुभएका सशस्त्र प्रहरी वरिष्ठ अधिकृत तथा अधिकृतहरूलाई आईजिपी नारायण दत्त पौडेलले विशेष निर्देशन दिनुभएको छ। निर्देशनका मुख्य बुँदाहरू अनुमानित रूपमा आदेश पालन र अनुशासन: बलको मर्यादा कायम गर्दै मातहतलाई अनुशासित बनाउने सीमा सुरक्षा र अपराध नियन्त्रण: तस्करी, मानव […]

दाङ । घोराही उपमहानगरपालिका–१३ कलमघारी निवासी चामबहादुर कुमाल भारतबाट घर फर्किने क्रममा एक सातादेखि सम्पर्कविहीन भएपछि परिवार चिन्तित बनेको छ। श्रीमान् सम्पर्कमा नआएपछि उहाँकी श्रीमती बिमला कुमालले सञ्चारकर्मीहरूमार्फत चामबहादुरको खोजी गरिदिन सबैसँग आग्रह गर्नुभएको छ। भारतबाट घर फर्किन हिँडेका चामबहादुर एक साता बितिसक्दा पनि घर नआएको र परिवारसँग समेत सम्पर्क हुन नसकेको बिमलाले बताउनुभयो। श्रीमान्को […]