०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

बाँकेमा बिरामीको मृत्यु पछी डाक्टरको कार्वाहीको माग गर्दै बिरोध

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्जको वयेष्टन अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् ।
पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको १६ गते मंगलवार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो । उहाँको मंगलवार नै मृत्यु भएको बताइएको छ । शल्यक्रियापछि १६ घण्टा पुग्दा समेत विरामी होस्मा नआएपछि परिवारले विरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दवाव दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएका थिए ।
मृतकका श्रीमान मोहन बुढाथोकीले दवाव दिएपछि मात्र आफुहरुलाई आइसियुमा जान दिएको उहाँले बताउनुभयो । विरामीको अवस्था जटिल देखेपछि उनीहरुले राती नै त्यहाँबाट मेडिकल कलेजमा पुर्याएका थिए । तर मेडिकल कलेजले विरामीको पहिल्यै डेथ भइसकेको जानकारी दियो । नारायणीको डा. कल्पना थापाले शल्यक्रिया गरेको बताइएको छ ।
चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै कानुनी कारवाही हुनु पर्ने श्रीमानको माग छ । उहाँले अस्पतालमाथि कानुनी उपचार खोजिने बताउनुभयो ।
पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!