२८ फाल्गुण २०८२, बिहिबार
12-03-2026 , Thu
×

बाँकेमा बिरामीको मृत्यु पछी डाक्टरको कार्वाहीको माग गर्दै बिरोध

Logo
प्रकाशित बिहिबार, आषाढ १८, २०७७

महेन्द्र सिंह बाँके नेपालगन्जको वयेष्टन अस्पतालको लापरवाहीका कारण महिलाको ज्यान गएको आफन्तहरुले आरोप लगाएका छन् । बर्दिया राजापुर नगरपालिका १० की ४३ बर्षिया नारायणी बुढाथोकीको चिकित्सकको लापरवाहीले ज्यान गएको भन्दै आफन्तहरुले आज नेपालगन्जमा विरोध प्रदर्शन गरेका छन् ।
पाठेघरमा ट्युमर भएपछि बुढाथोकी असार १४ गते अस्पतालमा भर्ना हुनुभएको थियो । उहाँको १६ गते मंगलवार शल्यक्रियाबाट ट्युमर निकालिएको थियो । उहाँको मंगलवार नै मृत्यु भएको बताइएको छ । शल्यक्रियापछि १६ घण्टा पुग्दा समेत विरामी होस्मा नआएपछि परिवारले विरामीको अवस्था जानकारी गराउन चिकित्सकहरुलाई दवाव दिएका थिए । तर चिकित्सकहरुले भने अवस्था ठिकै छ, श्वासप्रश्वासमा समस्या छ भन्दै टार्दै आएका थिए ।
मृतकका श्रीमान मोहन बुढाथोकीले दवाव दिएपछि मात्र आफुहरुलाई आइसियुमा जान दिएको उहाँले बताउनुभयो । विरामीको अवस्था जटिल देखेपछि उनीहरुले राती नै त्यहाँबाट मेडिकल कलेजमा पुर्याएका थिए । तर मेडिकल कलेजले विरामीको पहिल्यै डेथ भइसकेको जानकारी दियो । नारायणीको डा. कल्पना थापाले शल्यक्रिया गरेको बताइएको छ ।
चिकित्सकहरुको लापरवाहीले विरामीको मृत्यु भएको भन्दै दोषीमाथि कारवाहीको माग गर्दै कानुनी कारवाही हुनु पर्ने श्रीमानको माग छ । उहाँले अस्पतालमाथि कानुनी उपचार खोजिने बताउनुभयो ।
पीडित पक्षले दोषिमाथि कारबाहीको माग गर्दै आजै जिल्ला प्रशासनमा ज्ञापनपत्रसमेत बुझाएका छ्न।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मकवानपुर । मनहरी गाउँपालिका–१ मकरीमा लागुऔषध सेवनकर्तासँग भएको झडपमा एक जना प्रहरी सहायक निरीक्षक र एक युवक घाइते भएका छन् । प्रहरी चौकी पदमपोखरीबाट खटिएका प्रहरी सहायक निरीक्षक दिलबहादुर तामाङमाथि गएराति लागुऔषध सेवनकर्ताले बञ्चरो प्रहार गरेका थिए। उक्त आक्रमणमा तामाङ घाइते भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए । प्रहरीका […]

चितवन । बलात्कारको अभियोगमा हिरासतमा रहेका चितवनका प्रहरी इन्स्पेक्टर प्रदीप महतलाई धरौटीमा छाड्न अदालतले आदेश दिएको छ । एक महिलाले आफूलाई प्रलोभनमा पारेर जबरजस्ती करणी गरेको जाहेरी दिएपछि उनलाई जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा लिएको थियो । इप्रका खैरहनीका तत्कालीन इन्चार्ज महतविरुद्ध माघ २३ मा जाहेरी परेको थियो । मंगलबार जिल्ला अदालत चितवनमा थुनछेक बहसको […]

सुर्खेत । १६ वर्षीया इनिसा बिकको फागुन २३ गते बिहान बेहोस अवस्थामा फेला परेकी थिइन् र अस्पताल पुर्‍याउँदा मृत घोषित भएकी थिइन्। मृतकका परिवारले सामूहिक बलात्कारपछि हत्या भएको भन्दै कर्तव्य ज्यान र जबरजस्ती करणीको जाहेरी दिएका छन्। २६ फागुन, सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा १६ वर्षीया इनिसा विकको बलात्कारपछि हत्या गरेको आरोपमा चार जना पक्राउ परेका […]

error: Content is protected !!