०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

प्रतिष्ठानले स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकियो

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

सागर थापा
दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परिक्षणको स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षणका लागि किट खरिद, कर्मचारीको तलब भत्ता बुझाउन रकम अभाव भएको भन्दै प्रतिष्ठानले स्थानीय सरकारसंग कोरोना परिक्षणको रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षण गर्न प्रतिष्ठानले प्रति स्वाव पाँच हजार ५ सय रुपैयाँ लिन थालेको हो ।
स्थानीय सरकारले भने रकम बुझाउन नसक्ने भन्दै स्वाब काठ्माण्डौ पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिकालाई रकम मागेपछि आफुहरुले बुझाउन नसक्ने नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले २५ लाख मागेको छ ।
तुलसीपुरमा वडा नम्बर ७ का अध्यक्षमा कोरोना पोजेटीभ देखिएपछि परिक्षण तत्काल गर्नुपर्ने अवस्थामा स्वाब लिन नमानेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले बताउनुभयो ।
प्रतिष्ठानले स्वाब परिक्षणको रकम मागेपछि संकलन गरिएको स्वाब काठ्माण्डौ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकासंग समन्वय गरी स्वाब परिक्षणका लागि काठ्माण्डौ पठाउन लागिएको हो ।
यसैबिच गढवा गाउँपालिकाले ३१ जनाको स्वाव संकलन गरेर परिक्षणको लागि पठाएको र प्रतिष्ठानले प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाँ तिरे मात्रै स्वाव बुझ्ने बताएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभएको छ ।
गढवाबाट परिक्षणका लागि ल्याइएका स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाएको अध्यक्ष यादबले जानकारी दिनुभएको छ । रकम मागेपछि घोराही ल्याइएको स्वाब फर्काइएको छ ।
केन्द्र र प्रदेश सरकारबाट रकम प्राप्त नभएको बताउदै प्रतिष्ठानले स्थानीय पालिकाबाट शुल्क लिन थालेको जनाएको छ । कोरोना परिक्षणको जिम्मेवारी पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलित स्वाब परिक्षण बिना नै स्थानीय तहमा फर्काएको हो ।
गढवा गाउँपालिकाले प्रतिष्ठानले स्वाव बुझ्न नमानेपछि भैरहवाको ल्यावमा पठाएको जनाएको छ । संघीय सरकारले भने कोरोनाका बिरामीको उपचार तथा परिक्षण गर्ने अस्पताललाई अनुदान दिने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!