११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

प्रतिष्ठानले स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकियो

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

सागर थापा
दाङमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वाब परिक्षणको स्थानीय तहसंग रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षणका लागि किट खरिद, कर्मचारीको तलब भत्ता बुझाउन रकम अभाव भएको भन्दै प्रतिष्ठानले स्थानीय सरकारसंग कोरोना परिक्षणको रकम मागेपछि स्वाब परिक्षण रोकिएको छ । कोरोना परिक्षण गर्न प्रतिष्ठानले प्रति स्वाव पाँच हजार ५ सय रुपैयाँ लिन थालेको हो ।
स्थानीय सरकारले भने रकम बुझाउन नसक्ने भन्दै स्वाब काठ्माण्डौ पठाउने तयारी गरेका छन् । प्रतिष्ठानले तुलसीपुर उपमहानगरपालिकालाई रकम मागेपछि आफुहरुले बुझाउन नसक्ने नगरप्रमुख घनश्याम पाण्डेले बताउनुभयो । उहाँका अनुसार प्रतिष्ठानले २५ लाख मागेको छ ।
तुलसीपुरमा वडा नम्बर ७ का अध्यक्षमा कोरोना पोजेटीभ देखिएपछि परिक्षण तत्काल गर्नुपर्ने अवस्थामा स्वाब लिन नमानेको तुलसीपुर उपमहानगरपालिकाका कोभिड–१९ फोकल पर्सन बिमल केसीले बताउनुभयो ।
प्रतिष्ठानले स्वाब परिक्षणको रकम मागेपछि संकलन गरिएको स्वाब काठ्माण्डौ पठाउने तयारी भइरहेको उहाँले बताउनुभयो । जिल्लाका अन्य पालिकासंग समन्वय गरी स्वाब परिक्षणका लागि काठ्माण्डौ पठाउन लागिएको हो ।
यसैबिच गढवा गाउँपालिकाले ३१ जनाको स्वाव संकलन गरेर परिक्षणको लागि पठाएको र प्रतिष्ठानले प्रति स्वाब पाँच हजार पाँच सय रुपैयाँ तिरे मात्रै स्वाव बुझ्ने बताएको गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवले जानकारी दिनुभएको छ ।
गढवाबाट परिक्षणका लागि ल्याइएका स्वाब संकलन गरेर प्रतिष्ठानमा पठाएको अध्यक्ष यादबले जानकारी दिनुभएको छ । रकम मागेपछि घोराही ल्याइएको स्वाब फर्काइएको छ ।
केन्द्र र प्रदेश सरकारबाट रकम प्राप्त नभएको बताउदै प्रतिष्ठानले स्थानीय पालिकाबाट शुल्क लिन थालेको जनाएको छ । कोरोना परिक्षणको जिम्मेवारी पाएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले संकलित स्वाब परिक्षण बिना नै स्थानीय तहमा फर्काएको हो ।
गढवा गाउँपालिकाले प्रतिष्ठानले स्वाव बुझ्न नमानेपछि भैरहवाको ल्यावमा पठाएको जनाएको छ । संघीय सरकारले भने कोरोनाका बिरामीको उपचार तथा परिक्षण गर्ने अस्पताललाई अनुदान दिने घोषणा गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बिरगंज । सुनसरीमा भएको घटनाको विरोधमा आज वीरगञ्जमा पनि हिन्दु संगठनहरूले प्रदर्शन गरेका छन्। सुनसरीको इनरुवामा केही दिनअघि धार्मिक आस्था र संस्कृतिमाथि प्रहार भएको भन्दै स्थानीयमा आक्रोश छ। त्यही घटनालाई लिएर देशभरका विभिन्न जिल्लामा विरोध सुरु भएको हो। विश्व हिन्दु परिषद, बजरंग दल लगायतका संगठन सडकमा उत्रिए दोषीलाई कडा कारबाही गर, धार्मिक भावना माथि प्रहार […]

सशस्त्र प्रहरी बलले देशभरको भारतसंग जोडिएको सीमा नाकामा APF BIT फोर्स परिचालन, रुपन्देही । भारतसँग सीमा जोडिएको बाँकेको नेपालगन्जस्थित जमुनाह सीमा नाकामा आइतबारदेखि सशस्त्र प्रहरी बलको बोर्डर इन्ट्रयाक्सन टोली (बीआइटी) परिचालन गरिएको छ। सीमामा आवतजावतलाई सहज बनाउने, मानव बेचबिखन नियन्त्रण गर्ने तथा लागूऔषध र अवैध सामान ओसारपसार रोक्ने उद्देश्यले सशस्त्र प्रहरी बल प्रधान कार्यालयको निर्देशनमा […]

काठमाडौं । जेनजी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीमा भएको गोलीकाण्डको नैतिक तथा राजनीतिक जिम्मेवारी गृहमन्त्री सुधन गुरुङले लिनुपर्ने बताएका छन्। श्रावण सोमबारको स्नानका लागि हिँडेका युवा ओमप्रकाश मेहताको मृत्यु भएको घटनाप्रति आक्रोश व्यक्त गर्दै उनले गृहमन्त्री गुरुङको राजीनामा मागेका हुन्। उनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यो घटनाको तत्काल जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ, जुन […]

error: Content is protected !!