१७ बैशाख २०८३, बिहिबार
30-04-2026 , Thu
×

सशस्त्र प्रहरी बाँकेले लाखौं मुल्यको अबैध सुर्तिजन्य सामग्री पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले शुक्रवार बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ को रामपुर भन्ने स्थानबाट शुक्रबार बिहान ४ बजेतिर सुर्तीजन्य सामाग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल बरामद गरिएपनी चालकहरु भागेका थिए ।
बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका, कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद गरिएका सामाग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० नम्बर गणका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १४ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ । बरामद गरिएका सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । जिल्ला प्रहरी कार्यालयले इन्डियाबाट अबैध रुपमा नेपालगञ्ज ल्याउने तयारी अवस्थामा रहेका कुखुरा र माछा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक रमेश विष्टले साइकलमा ल्याउँदै गरेको अवस्थामा ३० थान अवैध कुखुरा र माछा बरामद गरिएको जनाउँदै कुखुरा ल्याउने व्यक्तिहरू प्रहरी देख्ने बित्तिकै भाग्ने गरेका बताए। साइकल वा मोटरसाइकलमा अवैध रूपमा कुखुरा ल्याउने […]

काठमाडौं । फोटोमा तत्कालीन आईजी उपेन्द्रकान्त अर्यालसहित जेन–जी आन्दोलन जाँचबुझ आयोगका प्रवक्ता विज्ञानराज शर्मा, हालै गठित सम्पत्ति छानवीन आयोगका सदस्य गणेश केसी (तत्कालीन डीआईजीहरु) र हाल लुम्बिनी प्रदेशका डीआईजी भूपेन्द्र खत्री पनि देखिएका कारण सोधखोज बढी भएको बुझेँ । त्यसबेला (विसं २०७१) म माननीय उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको प्रेस संयोजकको जिम्मेवारीमा थिएँ । हामी […]

दाङ । घोराही बनाउ अभियानका संयोजक सबिन प्रियासनले सुर्ती गुटका बन्द गर्नुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ । सुर्ती गुटकाको खोलका कारण चारैतिर फोहोर बढेको, प्रदूषण बढेको जनाउँदै उहाँले प्लास्टिकबाट बनेको खोललाई कागजमा परिणत नगर्दासम्म सुर्ती गुटका बन्द गर्न सरकारलाई अनुरोध गर्नु भयको हो । सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै प्रियासनले हरेक स्थानीय सरकारले स्थानीय नीति […]

error: Content is protected !!