२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सशस्त्र प्रहरी बाँकेले लाखौं मुल्यको अबैध सुर्तिजन्य सामग्री पक्राउ

Logo
प्रकाशित शुक्रबार, आषाढ १९, २०७७

महेन्द्र सिंह बाँके सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेको गस्ती टोलीले शुक्रवार बिहान भारतबाट अवैध रुपमा बाँकेमा भित्रीदै गरेको ठुलो परिमाणको सुर्तीजन्य सामाग्री बरामद गरेको छ ।
बिशेष सूचनाका आधारमा सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डको टोलीले डुडुवा गाउँपालिका वडा नम्बर १ को रामपुर भन्ने स्थानबाट शुक्रबार बिहान ४ बजेतिर सुर्तीजन्य सामाग्रीसहित दुईवटा भारतीय नम्बर प्लेटका मोटरसाइकल बरामद गरेको हो । मोटरसाइकल बरामद गरिएपनी चालकहरु भागेका थिए ।
बरामद गरिएका सुर्तीजन्य सामाग्रीमा सुपरपावर सुर्ती १३ सय पोका, बिडी ३८७ पोका, कमलापसन्द १०० डिब्बा, किशोरीलाल सुर्ती ११ पोका, नेस्ले ३६ डिब्बा र तस्करीमा प्रयोग भएको दुई वटा मोटरसाइकल रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ । बरामद गरिएका सामाग्रीको मूल्य ३ लाख ६३ हजार ५१५ रुपैयाँ बराबरको रहेको सशस्त्र प्रहरी बल नम्बर ३० नम्बर गणका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीले जानकारी दिनुभएको छ ।
कोरोना भाइरस महामारी समयको लकडाउनमा सशस्त्र प्रहरी बाँकेले करिब १४ लाख बराबरको अवैध सामाग्री बरामद गरिसकेको छ । बरामद गरिएका सामाग्रीलाई नेपालगन्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी प्रमुख एसपी अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!