२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

सुरक्षा मापदण्ड अपनाएर यातायात सुचारु गर्न आग्रह

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
काठमाडौं राष्ट्रियसभाका सदस्यले कोभिड–१९ का कारण मुलुक तीन महिनादेखि बन्दाबन्दीको अवस्थामा रही जनजीवन प्रभावित हुँदै गएकाले आवश्यक सुरक्षा मापदण्ड अपनाई सेवा थप प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराउनुभएको छ।
बन्दाबन्दी खुकुलो भए पनि अझै यातायात सेवालाई थप व्यवस्थित गर्नुपर्ने आवश्यकता उहाँहरुले औंल्याउनुभयो।
विशेष समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का उदया शर्मा पौडेलले कोरोना रोग नियन्त्रणमा थप प्रभावकारी कदम चाल्न आग्रह गर्नुभयो।
उहाँले यातायात क्षेत्रमा पासकै कारण भएको झण्झट समाधान गर्नसमेत आग्रह गर्नुभयो।
राम्ररी यातायात नचल्दा सर्वसाधारणमाथि जोखिम बढिरहेको र मजदूरको रोजीरोटी गुम्ने खतरा आएको उहाँले बताउनुभयो।
बन्दाबन्दीले शिक्षा क्षेत्र नराम्ररी प्रभावित भएको अवस्थामा एउटा निकास दिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।
नेकपाकै ठगेन्द्रप्रकाश पुरीले बन्दाबन्दीका कारण सर्वोच्च र मातहतका अदालतबाट सीमित सेवा प्रवाह भइरहेकाले फिरादपत्र दिन पाउनेलगायत आवश्यक सेवा सञ्चालन गर्न माग गर्नुभयो।
सोही पार्टीका पर्शुराम मेघी गुरुङले वर्तमान समयमा प्रमुख चुनौतीका रुपमा रहेको भ्रष्टाचार नियन्त्रण नगरे मुलुकको प्रगति र उन्नति सम्भव नहुने जिकिर गर्नुभयो।
उहाँले कानूनी शासन नै आधुनिक लोकतन्त्र भएकाले सदाचारयुक्त कानून निर्माण गर्ने प्रमुख दायित्व विधायकको हो भन्नुभयो।
नेकपाकै सुमनराज प्याकुरेलले नेकपाका कार्यकर्तामाथि शृङ्खलाबद्ध आक्रमण भइरहेको र त्यसविरुद्ध उजुरी गर्दा प्रहरीमा जाहेरी नलिने अवस्था सिर्जना भएको छ भन्दै सदनमार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउनुभयो ।
बलात्कार र विभेद अन्त्य गर्न माग
नेपाली काँग्रेसका जीतेन्द्रनारायण देवले जातीय छुवाछूतको अन्त्य गर्ने कुरा संविधानको मौलिक हकमा स्पष्ट व्यवस्था रहे पनि दलितको अधिकार सुनिश्चित हुन नसकेको तर्फ ध्यानाकर्षण गराउनुभयो।
उहाँले बलात्कारका घटना बढ्दो क्रममा रहेको र त्यसमा पनि दलित बढी पीडित बनेको उल्लेख गर्नुभयो।
“दुई वर्षमा चार हजार ९४० महिलाविरुद्धका घटना भएका छन्, त्यसमा तीन हजार ५०० भन्दा बढी जबर्जस्ती करणीका घटना भए, २६ वटा घटना बलात्कारपछि हत्या भएको र त्यसमा ३५ प्रतिशत दलित परेका छन्”, सांसद देवले भन्नुभयो, “यस्तो कारुणिक र क्रुर किसिमको आक्रमण दलितमाथि भएको छ, यसप्रति गम्भीर हुनुपर्छ।”
उहाँले दलितलाई आर्थिक रुपले मजबुत बनाउन तथा गरीब परिवारको आर्थिक अवस्था सुधार गर्नका लागि कार्यक्रम ल्याउनसमेत माग गर्नुभयो।
जनता समाजवादी पार्टीका मृगेन्द्रकुमारसिंह यादवले मधेशी तथा दलित समुदायमा शोषण हुनेक्रम नरोकिएकामा चिन्ता प्रकट गर्नुभयो।
सोही पार्टीका प्रमिला कुमारीले सत्याग्रहमा बसेको व्यक्तिको मागलाई सम्बोधन गरी तिनको जीवनको रक्षा गर्न आग्रह गर्नुभयो।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!