०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्न नेपाल यातायात महासंघ

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले असार २१ गतेबाट सार्वजनिक यातायात सञ्चालन गर्ने भएको छ । तीन महिनाभन्दा बढीको बन्दाबन्दीले व्यवसायी आर्थिक सङ्कटमा परेको र सरकारले पनि राहत उपलब्ध नगराएको भन्दै यही २१ गतेपछि सञ्चालन गर्ने महासङ्घले जनाएको छ । यातायात खुला गरेको तर सार्वजनिक सवारीलाई मात्र रोकेर व्यवसायी र मजदुरप्रति सरकार गम्भीर नभएको महासङ्घको आरोप छ ।
सञ्चालनका लागि सरकारसँग माग गर्दा अहिलेसम्म छलफल भन्दै अल्मलाएको र कुनै निर्णय नगरेकाले व्यवसायी आफैँ सञ्चालन गर्ने टुङ्गोमा पुगेका हुन् । महासङ्घका वरिष्ठ उपाध्यक्ष विजय स्वाँर भन्नुहुन्छ, यातायात क्षेत्रमा आश्रित परिवार भोकै रहने अस्वस्था छ, बैङ्कको ऋणको त कुरै नगरौँ, गाडी चलेकै छन् तर सावर्जनिक मात्र रोकियो, निजी गाडीले यात्रु ओसारेका छन्, त्यसैले हामीले २१ गतेपछि आफैँ निर्णय गरेर चलाउँछौँ ।
उपत्यकाका ट्याक्सी व्यवसायीले पनि असार २१ गतेसम्मका लागि आन्दोलन स्थगित गरेका छन् । तीन महिनाभन्दा बढी समय बन्दाबन्दी भएपछि ट्याक्सी व्यवसायी बैङ्क किस्ता तिर्न र दैनिक गुजारा चलाउन समेत समस्या भएको भन्दै ट्याक्सी लिएर सडकमा आएका थिए । ट्याक्सी चलाउन र काम गर्न पाउनुपर्ने उनीहरूको माग छ ।
२१ गतेपछि साना सार्वजनिक सवारी साधनहरू खुल्न सक्ने सम्भावना भएकाले आफूहरूले २१ गतेसम्म आन्दोलन स्थगित गरेको उपत्यका ट्याक्सी व्यवसायी समाजका उपाध्यक्ष प्रेम तामाङले जानकारी दिनुभयो । कोरोना भाइरसको सावधानी अपनाएर आफूहरूले ट्याक्सी चलाउनका लागि सरकारी निकायसँग पटक–पटक अनुरोध गरे पनि बेवास्ता गरेपछि सडकमै आउनु परेको उहाँको भनाइ छ ।
उपाध्यक्ष तामाङ भन्नुहुन्छ, तीन महिनादेखि काम गर्न नपाउँदा हामी समस्यामा परियो, काम गरेको छैन तर बैङ्कले त हामीलाई छोड्दैन, कहाँबाट किस्ता तिर्ने, परिवार कसरी पाल्ने सरकारले हामीलाई केही राहत दिएको छैन, काम गरेर खान त पाउनु प¥यो नि, सडकमा गाडी गु्डिरहेका छन्, ट्याक्सीले मात्रै कोरोना सार्ने हो र ?
सरकारले निजी गाडी चल्न दिएर ट्याक्सीलाई मात्र रोकेर कोरोना नियन्त्रण नहुने व्यवसायीको भनाइ छ । तामाङ भन्नुहुन्छ, सार्वजनिक सवारी व्यवसायी निकै समस्यामा परे तर सरकारले कुनै सुनुवाइ नगर्दा थप पीडामा छौँ हामी । चारपाङ्ग्रे साना गाडी चलाउने तर ट्याक्सीलाई रोक्दा आफूहरू अन्यायमा परेको व्यवसायीको गुनासो छ । जोर–बिजोर प्रणाली अनुसार ट्याक्सी चलाउन दिए पनि आफूहरूलाई सहज हुने तामाङको भनाइ छ । स्वास्थ्य सावधानी अपनाएर ट्याक्सी चलाउन दिनुपर्ने व्यसायीको माग छ । उपत्यकामा झन्डै १२ हजार ट्याक्सी सञ्चालनमा छन् । यातायात व्यवस्था विभागले भने ट्याक्सी सञ्चालन गर्ने नगर्ने निर्णय आफूले गर्न नसक्ने बताउँदै आएको छ । गोर्खापत्रबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । भालुवाङ चन्द्रसूर्य हाेटलमा रात्रिकालिन बसका यात्रुलाई बासीभात, गुणस्तरहिन खाना खुवाउने गरेको यात्रुको व्यापक गुनासो सुन्नमा आएको छ । दाङको पूर्वी देउखुरीमा गढवा गाउँपालिका -१, टहँडास्थित होटल चन्द्रसूर्यमा यस्तो अत्यन्तै कमसल खाना दिएको दाङबाट राजधानी काठमाडौं जाने एक यात्रु दशरथ बस्नेतले भिडियोमा प्रत्यक्ष बोलेका छन् ।चलेको दर भाउभन्दा दोब्बर पैसा लिनेे तर खानाको कुनै […]

  काठमाडौं । यदि तपाईंलाई बारम्बार रुघाखोकी लाग्छ भने, सावधान हुनु आवश्यक छ । यदि तपाईंको रोग प्रतिरोधात्मक प्रणाली कमजोर छ भने, रुघाखोकीको समस्याले बारम्बार सताउन सक्छ । त्यसैले कमजोर रोग प्रतिरोधात्मक क्षमता भएका व्यक्तिहरूले मौसम परिवर्तन हुँदा आफ्नो स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । रुघाखोकीको समस्याले केही रोगहरूतर्फ संकेत गर्न सक्छ, आउनुहोस् त्यस्ता केही रोगहरूको […]

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

error: Content is protected !!