२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

दाङ देउखुरी जिल्ला अदालतद्वारा ३ महिनामा ६१ वटा मुद्धाहरु फैसला

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
दाङ देउखुरी जिल्ला अदालतले लकडाउनको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको छ । अदालत प्रशासनले पत्रकारहरुसंग छलफल गर्दै करिब तीन महिनाको अबधिमा ६१ वटा मुद्धा फच्र्यौट गरेको जनाएको हो ।
अदालतले भिडियो कन्फ्रेन्स मार्फत् २९ र ३२ वटा मुद्धा अदालतमा सहभागी भएर फच्र्यौट गरेको अदालतका न्यायधीश रितेन्द्र थापाले जानकारी दिनुभएको छ । यसअबिधमा अदालतले ७ वटा मुद्धाको सजाय निर्धारण गरेको छ ।
लकडाउनको समयमा सबै क्षेत्र ठप्प रहेको अबस्थामा अदालतले कार्य सञ्चालनलाई निरन्तरता दिएको छ । यस्तै लकडाउनको समयमा अदालतले ८३ वटा म्याद थप अनुमति तथा २ वटा म्याद थप अस्वीकार गरेको छ ।
त्यस्तै ५ जनालाई कैद बाफत्को रकम राख्न दिएको, ६ जनालाई बाल सुधार मार्फत् अभिभावकको जिम्मा लगाएको, ८ जनालाई उमेर अनुसारको कैद पुर्जी संशोधन गरेको र २ जनालाई जेष्ठ नागरिक अवधि घटाउने कार्य गरेको न्यायधीश थापाले जानकारी दिनुभएको छ ।
अदालतले ज्यान कसुरका १७, करणीका १४, सवारी कसुर ४, बन सम्बन्धी कसुर ९, बाल बिबाह सम्बन्धी ३, लागुऔषध २, गौवध २, नागरिकताको १, ठगीको २, अपमानको १, गर्भपतनको १, हातहतियारको १ र सरकारबादी ६३ तथा दुनियाबादी ८ मुद्धा हेरेको जनाएको छ ।।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!