०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

सरकारको एआईजी थापालाई प्रहरी महानिरीक्षक बनाउने तयारी

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी क्राईम ब्युरो
काठमाडौं सरकारले एआईजी शैलेश थापा क्षत्रीलाई प्रहरी महानिरीक्षक बनाउने तयारी गरेको छ । हालका आईजीपी ठाकुरप्रसाद ज्ञवालीले यही असार २४ मा अनिवार्य अवकास पाउंदैछन् । प्रहरीको २८ औं महानिरीक्षकको लागी एआईजीद्धय थापा र हरिबहादुर पाल दौडमा भएपनि सरकारले थापालाई नै आईजीपी बनाउन लागेको हो । आगामी साता वस्ने मन्त्रीपरीषदको वैठकले उनलाई प्रहरी महानिरीक्षक नियुक्त गर्ने तयारी सरकारको छ ।
प्रधानमन्त्री निकट उच्च स्रोतले दिएको जानकारीअनुसार प्रधानमन्त्री केपी शर्मा ओली वरियतामा एक नम्बरमा रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने निर्णय गरिसकेका छन् । उनले प्रहरीमा यसअघि वरियता मिच्ने काम भएको र त्यसले संगठनमा राजनीतिकरण भएको भन्दै अहिले वरियता र कार्यसम्पादनका आधारमा नै आईजीपी नियुक्त गर्ने निकटस्थहरुसंग बताइसकेका छन् ।
यसअघि तत्कालिन सरकारले प्रहरीमा वरियता मिचेर तीन नम्वरमा रहेका डिआईजी जयबहादुर चन्दलाई सरकारले आईजीपी नियुक्त गरेको भन्दै ओलीले सरकारको आलोचना गरेका थिए । त्यो बेला एक नम्बरमा डिआईजी रहेका नवराज सिलवालमाथी सरकारले अन्याय गरेको उनको भनाई थियो । सिलवालको पक्षमा ओलीले संसदमा समेत आवाज उठाएका थिए भने पछि प्रतिनिधीसभाको उम्मेदवार समेत बनाएका थिए । हाल उनि प्रतिनिधीसभाको सदस्य छन् ।
प्रहरी महानिरीक्षकको नियुक्तीका लागी प्रतिस्पर्धीहरुबीच यसअघि अस्वस्थ प्रतिस्पर्धा हुने गरी पनि थापा र पालले भने जो भएपनि मिलेर काम गर्ने सहमती गरेका छन् । उनिहरुले सरकारले विश्वास जस्लाई गरेपनि मिलेर काम गर्ने सहमती गरेको निकटस्थहरुको दावी छ ।
२०४९ सालमा प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका उनिहरु प्रहरीमा व्यवसायीक अधिकृतका रुपमा चिनिन्छन् ।
थापाले प्रहरीको केन्द्रीय प्रवक्ता, महानगरीय प्रहरी प्रमुखको रुपमा यसअघि काम गरेका थिए । हाल उनि मानव स्रोत साधन तथा प्रशासन विभागको प्रमुख छन् ।क्षत्रीले सशस्त्र द्वन्द्वका बेला जिल्ला प्रहरी सल्यानको प्रमुख भएर काम गरेका थिए। त्यसपछि क्रमशः सिन्धुपाल्चोक, कास्की, धादिङ र झापामा प्रहरी प्रमुख भए।
त्यसैगरी पालले २ नम्बर प्रहरी प्रमुखको जिम्मेवारी सम्हाल्नुका साथै विशेष ब्युरोमा समेत लामो समय बसेर काम गरेको अनुभव छ । उनि हाल मानव कार्य एवं अपराध अनुसन्धान विभागको नेतृत्व समेत गरिरहेका छन् ।पालले सशस्त्र द्वन्द्वका बेला रोल्पा, रुकुम र डडेलधुरामा काम गरे। उनीसंग एसपी हुंदा रूपन्देही, धनुषा, कास्कीको प्रहरी प्रमुखका रुपमा काम गरेको अनुभव छ ।
प्रधानमन्त्री ओलीलाई गृहमन्त्री रामबहादुर थापाले आईजीपी बनाउनेबारे छलफल गरेपनि उनले त्यसमा केही जवाफ नदिएको स्रोतको दावी छ । तर, प्रधानमन्त्री आफु निकटसंग भने एआईजी थापालाई नै महानिरीक्षक बनाउने बताइसकेका छन् । थापा यसअघी प्रधानमन्त्री ओलीको गृह जिल्ला झापामा एसपी भएर काम समेत गरेका थिए ।
पुर्व माओवादी समुहले काम गर्न सजिलो हुने भन्दै पाललाई आईजीपी बनाउन लविङ गरेपनि प्रधानमन्त्रीले भने वरियतामा अघि रहेका थापालाई नै प्रहरी महानिरीक्षक बनाउने बताइसकेका छन् । यति समुहका सोनाम शेर्पालगायतको समुह पाललाई प्रहरी महानिरीक्षक बनाउन लविङमा लागेको र सचिव महेश्वर न्यौपानेले थापालाई सहयोग गरेको भन्दै उनको सरुवा गर्ने कोशिस भएको बारेमा समेत प्रधानमन्त्री ओली जानकार छन् ।
उनले यो खेल भएको थाहा पाएसंगै गृहसचिव न्यौपानेसंग बालुवाटारमा लामो छलफल गरेका छन् ।
सत्तारुढ दल नेकपाभित्रको पछिल्लो रडाकोले पनि प्रधानमन्त्रीले गृहमन्त्री थापाको भनाई सुन्नुपर्ने बाध्यताको समेत अन्त भएको छ । प्रधानमन्त्री ओलीलाई समर्थन गरिरहेका थापा पछिल्लो समय नेकपाका अर्का अध्यक्ष प्रचण्ड र माधव नेपालको समुहमा लागेका छन् ।
‘प्रधानमन्त्री वरियता नमिच्ने पक्षमा हुनुहुन्छ, अर्को हप्ता बस्ने मन्त्रीपरिषदको वैठकले थापालाई प्रहरी महानिरीक्षक बनाउने निर्णय गर्छ ।’ प्रधानमन्त्री निकट स्रोतले काठमाडौंपाटीलाई भन्यो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!