२६ बैशाख २०८१, बुधबार
08-05-2024 , Wed
×

किस्ता तिर्न नसक्ने भन्दै सार्वजनिक यातायात ब्यवसायीहरुले २२ गते बैंकलाई बिलबुक र चाबी बुझाउदै

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

एबिसी संचार
म्लकाठमाडौं सरकारले लकडाउन खुकुलो बनाएको धेरै दिन भइसक्यो । ब्यापार ब्यवसाय सबै चलेका छन् । सरकारी कार्यालय पनि सञ्चालनमा छन् । वजारमा मानिसहरुको चहलपहल बढेको छ ।
तर सार्वजनिक यातायातका विषयमा सरकारले निर्णय लिन नसक्दा अरवौं लगानी डुब्ने अवस्थामा पुगेको भन्दै यातायात व्यवसायीहरु आन्दोलित हुन थालेका छन् । उनीहरुले आफुहरुको समस्याका बारेमा सरकार मौन बसेको भन्दै आपत्ति जनाएका छन् ।
लकडाउनको एक सय दिन नाघ्दा आफुहरुको बैंकमा लिएको ऋणको ब्याज बढ्दै गएको, किस्ता समेत तिर्न नसक्ने अवस्थामा आएको भन्दै ब्यवसायीले आपत्ति जनाएका हुन् । बैंक तथा वित्तीय संस्थाले किस्ता र ब्याज बुझाउन बारम्बार दवाव दिइरहेको भन्दै ब्यवसायीले आउँदो असार २२ गतेदेखि सवारी साधनका ब्लुबुक र तालाचाबी बैंकलाई नै बुझाउने उद्घोष गरेका छन्।
पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले बुधबार पत्रकार सम्मेलन गरी यस्तो जानकारी गराएको हो । अब सवारी साधनको किस्ता र ब्याज बुझाउन नसक्ने अवस्थामा पुगेको भन्दै यस्तो निर्णय लिन बाध्य भएको बताएका छन् । बैंक तथा वित्तीय संस्थाले कर्जा भुक्तानीको म्याद कम्तिमा ५ महिना नसारे बाध्य भएर तालाचाबी नै बुझाउने घोषणा गरेको छ।
कम्पनीका अध्यक्ष योगेन्द्रबहादुर केसीले कम्पनीमा आवद्ध १४ सय सवारी साधनको यस्तै अवस्था रहेको भन्दै सरकारलाई चेतावनी दिएका छन् । उनीहरुले आफुहरुको समस्या प्रति सरकार मौन बसेकोमा आपत्ति जनाए । उनले प्रधानमन्त्री, मन्त्री वा सांसद कसैले पनि यातायातका समस्याबारे कुरै नउठाएकोमा दुःख ब्यक्त गरेका छन् ।
पृथ्वी राजमार्ग कम्पनीमा आवद्ध १४ सय सवारी साधनमा ५ अर्ब ७० करोडको लगानी रहेको र त्यो लगानीको ७० प्रतिशत बैंक तथा वित्तीय संस्थाकै भएको उनीहरुको भनाई छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष ऐनकुमार शाहीले लकडाउनका कारण ३ लाख यात्रुबाहक सवारी, ६० हजार मालबाहक गाडी तथा ४० लाख मजदुरहरुको राजगारी गुमेको बताएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार ) प्रहरी प्रधान कार्यालयले कार्यसम्पादनमा कमजोर देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाही गरेको छ । पछिल्लो एक महिनामा कार्यसम्पादनमा कमजोरी देखिएका नौ जिल्लाका प्रहरी प्रमुखलाई कारबाहीस्वरुप जिम्मेवारीमुक्त गरिएको हो । सोमबार मात्र सिराहाका एसपी सन्तोष आचार्य र इलामका वासुदेव खतिवडालाई कारबाहीस्वरूप हटाइएको छ ।त्यस्तै एक महिनाअघि ६ जिल्लाका एसपीलाई कमजोर कार्यशैली र आर्थिक अनुशासनका […]

(एबिसि संचार )                                                                चट्याङ लागेर रामारोशन गाउँपालिका–७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गौरवको मृत्यु अछाममा एक बालकको मृत्यु भएको छ । सोमबार […]

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]