२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

शान्ति पुनस्थापना गृहको पहलमा भारतको दिल्लीबाट ६ महिलाहरुको उद्धार

Logo
प्रकाशित शनिबार, आषाढ २०, २०७७

अजय मिश्र, कपिलवस्तु, अषाढ २०
भारतको दिल्लीमा चार महिना देखि अलपत्र रहेको छ नेपाली महिलाहरुको उद्धार गरिएको छ । शान्ति पुनस्थापन गृहले भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्था र नेपाल प्रहरीको सहयोगमा उद्धार गरेको हो ।मोरङ जिल्लाका चार जना महिला रहेको , झापा जिल्लाको एक जना साथै पर्वत जिल्लाको एक जना महिला हरू गरि छ जना नेपाली महिलाहरुको भारतबाट उद्धार गरिएको छ ।२०७६ साल फाल्गुन २९ गते कुवेत र इरान विदेश पठाउछु भन्ने बहानामा नेपालगन्ज भन्सार नाका हुदै भारत दिल्लीको कुरारी जोरदा भन्ने ठांउमा राखदै आएका थिए ।त्यहीँ ठाउका स्थानीय हरुले संकास्पद रूपमा महिला लाई देख्दा शान्ति पुर्न:स्थाना गृहका क्षेत्रीय संयोजक भुमि राज भट्टराई लाई सम्पर्क गरेर स्थित बारे जानकारी गराएका थिए। भारतको दिल्लीमा रहेको देशभक्त आवास सामाजिक संस्थाको अध्यक्ष बाबु रोका मगर को सहयोगमा ५ दिन अगाडि नै उद्धार गरि आज कृष्णनगर भन्सार नाका हुदै शान्ति पुर्नस्थाना गृह र इलाका प्रहरी कार्यालय कृष्णनगर का प्रमुख प्रहरी निरिक्षक प्रताप पौडेल को सहयोगमा नेपाल ल्याइएको छ ।भारतको दिल्लीबाट उद्धार गरिएका महिलाहरु लाई शान्ति पुर्नस्थाना गृह मार्फत मानव वेचविखन को केन्द्रीय व्यूरो मा थप अनुसंधान को लागी पठाउने तयारी भइरहेको कुरा शान्ति पुर्नस्थाना गृह संस्थाका जिल्ला संयोजक निशा पन्थी ले बताउनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

रौतहट । चन्द्रपुर नगरपालिका–४ स्थित पूर्व–पश्चिम राजमार्गको पश्चिम पहिलो लचका नजिक भएको ट्रक–कार दुर्घटनामा कारमा सवार परिचय नखुलेका अन्दाजी ९० वर्षका एक वृद्धको मृ’त्यु भएको छ। बागमती प्रदेश ०३–००१ ख ११४८ नम्बरको ट्रक र बा ३ च ६१९३ नम्बरको कार एक-अर्कालाई ओभरटेक गर्ने क्रममा आज बिहान ७:५० बजे ठोक्किएर दुर्घटना भएको हो। दुर्घटना परेर कारमा […]

error: Content is protected !!