११ साउन २०८३, सोमबार
27-07-2026 , Mon
×

दाङ देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट ९ जना डिस्चार्ज

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

  1. बिदुर एमसी
    दाङ राप्ती गाउँपालिका वडा नम्बर ३ स्थित राप्ती प्राविधिक शिक्षालयमा स्थापना गरिएको देउखुरी कोरोना विषेश आइसोलेसन सेन्टरबाट शनिबार ९ जना कोरोनाका विरामी डिस्चार्ज भएका छन् । नेपाल सरकारको मापदण्ड अनुसार १७ दिन अाइसोलेनमा उपचार पश्चात् उनीहरूलाई अाइसोलेसनबाट थप १४ दिन होम क्वारेन्टाइनमा बस्ने गरि डिस्चार्ज गरिएको अाइसोलेनमा कार्यरत अहेव रूपलाल पाण्डेले जानकारी दिएका छन् । शनिबार डिस्चार्ज हुनेमा ७ पुरूष र २ महिला रहेका छन् । जसमा घोराही उपमहानगरपालिका वडा नम्बर १२ का १ जना महिला , गढवा गाउँपालिका वडा नम्बर १, ४ र ६ का ३ जना पुरूष, राप्ती गाउँपालिका वडा नम्बर २ का १ पुरूष र १ महिला, वडा नम्बर ५, ६ र ७ का १/१ जना पुरूष रहेका छन् । उनीहरू सवै २१ देखि ५९ वर्ष उमेरका रहेका छन् ।
    आइसोलेसनमा रहेका कुल ७७ जना विरामी मध्ये यस अघि असार १७ गते ८ जना डिस्चार्ज भए सँगै अव ६० जना विरामीको उपचार भइरहेको राप्ती गाउँपालिकाले जानकारी दिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुपन्देही । सशस्त्र प्रहरी महानिरीक्षक आईजिपी नारायण दत्त पौडेलले लुम्बिनी प्रदेशको भारतसँग जोडिएको ३ वटा जिल्लाको सीमा क्षेत्रको फिल्ड अनुगमन गर्नुभएको छ । पश्चिम नवलपरासी कपिलवस्तु कृष्णनगर नाका पर्ने जिल्ला रुपन्देही बेलहिया,भैरहवा नाका पर्ने जिल्ला पुगेर निर्देशन दिदै सशस्त्र प्रहरी IGP पौडेलले ती जिल्लाका सशस्त्र प्रहरीका बाहिनी, गण, गुल्म, बोर्डर आउट पोष्ट र सुरक्षा पोष्टमा […]

काठमाडौं । स्वास्थ्य ऐन, २०७५ ले स्वास्थ्य संस्था बाहेकलाई एम्बुलेन्स सञ्चालन गर्न रोक लगाएपछि नवीकरण हुन नसकेर ती एम्बुलेन्स थन्किएका हुन्। संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) का अध्यक्ष नवराज लामिछानेका अनुसार स्वास्थ्य संस्थाबाहेकले सञ्चालन गरेका एम्बुलेन्स नवीकरण भएका छैनन्। यो सङ्ख्या अरु थप एक हजार ५०० रहेको उनले जानकारी दिए। देशभरमा ६ […]

काठमाडौँ । यस वर्ष साउन महिनाको दोस्रो सोमबार बिहानैदेखि काठमाडौँको पशुपतिनाथ लगायत देशभरका विभिन्न शिवालयहरूमा पूजाआराधना गर्ने भक्तजनको ठूलो घुइँचो लागेको छ। साउने झरीको प्रवाह नगरी श्रद्धालुहरू बिहानैदेखि शिव मन्दिरमा दर्शनका लागि पुगेका छन्। दर्शनार्थीको सुविधालाई ध्यानमा राख्दै पशुपति क्षेत्र विकास कोषले बिहान ३:०० बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै वटा ढोका खुला गरेको छ। साउन […]

error: Content is protected !!