०२ पुष २०८२, बुधबार
17-12-2025 , Wed
×

सार्वजनिक यातायात सञ्चालनको कुनै पनि निर्णय भएको छैन यातायात महासङ्घ

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
काठमाडौँ नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले सार्वजनिक यातायात सञ्चालनसम्बन्धी कुनै निर्णय नभएको स्पष्ट पारेको छ । केही सञ्चारमाध्यमले यही असार २१ गतेदेखि सार्वजनिक सवारीसाधन सञ्चालन हुने भनी प्रकाशित गरेको सामाचार झुटो भएको भन्दै महासङ्घले यस्तो निर्णय नभएको विज्ञप्तिमार्फत जनाएको छ ।
नियमित रुपमा यस विषयमा छलफल भइरहे पनि कुनै निर्णय भइनसकेको महासङ्घका महासचिव सरोज सिटौलाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । सार्वजनिक यातायात सञ्चालन गर्ने विषयमा सरकार, मजदूर र व्यवसायीबीच छलफल भइरहेको उल्लेख छ । महासङ्घले सार्वजनिक सवारीसाधन सञ्चालन नहुँदा यातायात व्यवसायी, मजदूर र यात्रुलाई परेको मर्काप्रति संवेदनशील हुन सरकारलाई अनुरोधसमेत गरेको छ ।
सरकारले आगामी साउन ७ गतेसम्म बन्दाबन्दी राख्ने निर्णयसँगै सार्वजनिक यातायात सञ्चालनमा अन्योलता देखिएको विज्ञप्तिमा भनिएको छ । महासङ्घ र मजदूर ट्रेड युनियनले बन्दाबन्दीका कारण परेको असरका बारेमा सरकारलाई मौखिक र लिखित रुपमा जानकारी गराउँदै आएको पनि विज्ञप्तिमा उल्लेख छ । सरकारले गत चैत ११ मा बन्दाबन्दी लागू गरेसँगै देशभरका सार्वजनिक सवारीसाधन ठप्प छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । भारतको कुख्यात कमाठीपुरा रेडलाइट एरियाबाट उद्धार गरिएका १२८ जना नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड सुपरस्टार सुनील सेट्टीको महत्वपूर्ण भूमिका रहेको तथ्य २९ वर्षपछि सार्वजनिक भएको छ। शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारका अनुसार सन् १९९६ फेब्रुअरीमा भारतको महाराष्ट्र प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मारेर ४५६ महिलाको उद्धार गरेको थियो। तीमध्ये सयभन्दा बढी नेपाली महिलाहरू थिए। […]

काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक डम्बर बहादुर बिकको प्रमुख आतिथ्यतामा कार्यसम्पादन तथा मूल्यांकन ढाँचा कार्यान्वयन सम्बन्धी अनुशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरीका विभिन्न इकाइहरूबाट दैनिक रूपमा सम्पादन हुने कार्यहरूलाई मार्गनिर्देशन गर्न तथा सो अनुरूप कार्यालय र कार्यालय प्रमुखहरूको कार्य(प्रभावकारिता र कार्यदक्षता अनुगमन एवम् मूल्यांकन गर्ने […]

बारा । कलैया स्थित यातायात व्यवस्था कार्यालयमा लिखित तथा ट्रायल परीक्षामा व्यापक भ्रष्टाचार, अनियमितता र सेटिङ भएको आशंकामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग सक्रिय बनेपछि कार्यालय प्रमुख अर्विन्द्र दास गम्भीर विवादमा छन्। कार्यालय प्रमुख दासमाथि सेवाग्राहीसँग करोडौँ रुपैयाँ असुली, पद र शक्तिको दुरुपयोग, परिवारका सदस्य प्रयोग गरी अवैध धन्दा सञ्चालन, तथा कर्मचारीमाथि कुटपिट जस्ता गम्भीर आरोप […]

error: Content is protected !!