१६ बैशाख २०८३, बुधबार
29-04-2026 , Wed
×

कोरोना महामारीलाई बेवास्ता नगर्न डब्लूएचओको आग्रह

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।
सङ्क्रमण फैलने क्रम बढ्दो रूपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । सङ्क्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपत्कालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रवार मिडियासँग यस्तो जनाएका हुन् ।
निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसबाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ । तर स्वास्थ्य संकटलाई बेवास्ता गर्न नहुने उसको सुझाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । सम्माननीय उपराष्ट्रपति श्री रामसहाय प्रसाद यादवज्यूसँग सशस्त्र प्रहरी बल (APF) का महानिरीक्षक (IGP) राजु अर्यालज्यूले आज शिष्टाचार विदाई भेट गर्नुभएको छ। उक्त भेटघाटमा सशस्त्र प्रहरी बलका अतिरिक्त महानिरीक्षक (AIG) नारायणदत्त पौडेलज्यूको समेत उपस्थिति रहेको थियो। भेटका क्रममा आपसी सौहार्दपूर्ण संवाद आदानप्रदान हुनुका साथै सशस्त्र प्रहरी बलको सुरक्षा व्यवस्थापन, सीमासुरक्षा तथा विपद् व्यवस्थापनमा APF […]

  काठमाडौं ।‘लाली बजार’ प्रदर्शनमा रोक निर्देशक निश्चल बस्नेतको असन्तुष्टि रिलिजको संघारमा रहेको चलचित्र ‘लाली बजार’ लाई अदालतले बैशाख २२ गते सम्मका लागि रोक लगाए पछि निर्माण टिम सडकमा ओर्लिएको छ। यसै सन्दर्भमा निर्देशक निश्चल बस्नेतले आफ्नो स्पष्ट धारणा राख्नुभएको छ। “अदालतको आदेश शिरोधार्य छ, सबैले मान्नुपर्छ। एकतर्फी दृष्टिकोणले निर्णय हुँदा चलचित्र क्षेत्रको मनोबल गिर्ने […]

दाङ । देउखुरी क्षेत्रमा करिब ४० किलोमिटर लामो धानखोला-लमही सडक खण्डको स्तरोन्नति कार्य विधिवत रूपमा बुधबारदेखि शुरु गरिएको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने सो सडकखण्ड लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले बुधबार बिहान शिलान्यास गर्दै सडक स्तरोन्नतिको काम शुरुआत गरेका हुन् । सोही सडकखण्ड स्तरोन्नति तथा मर्मत कार्यमा नेपालमै पहिलो पटक फूल डेप्थ रिक्लेमेशन (एफडीआर) र […]

error: Content is protected !!