१४ साउन २०८२, बुधबार
30-07-2025 , Wed
×

कोरोना महामारीलाई बेवास्ता नगर्न डब्लूएचओको आग्रह

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार
विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)ले कोरोना भाइरस महामारी जादुमयी तरिकाले नहट्ने भन्दै यसलाई बेवास्ता नगर्न आग्रह गरेको छ ।
सङ्क्रमण फैलने क्रम बढ्दो रूपमा नै रहेको भन्दै डब्लूएचओले यसको नियन्त्रणका उपाय उचित तरिकाले अपनाउन सुझाव दिएको छ । सङ्क्रमणको दरमा कमी नआएको यथार्थप्रति डब्लूएचओले चिन्ता प्रकट गरेको पनि छ । डब्लूएचओका आपत्कालीन सेवा निर्देशक मिखायल र्यानले शुक्रवार मिडियासँग यस्तो जनाएका हुन् ।
निर्देशक र्यानले सबैलाई सचेत रहन पनि आग्रह गरेका थिए । कोरोनाभाइरसका कारण विश्वभर १ करोड ११ लाख भन्दा धेरै मानिस सङ्क्रमित भएका छन् । साथै ५ लाख २९ हजार भन्दा धेरैको मृत्यु भइसकेको छ । यसबाहेक सबै मुलुकलाई महामारीका बेला आफ्नो अर्थतन्त्र व्यवस्थित बनाउन पनि डब्लूएचओले आग्रह गरेको छ । तर स्वास्थ्य संकटलाई बेवास्ता गर्न नहुने उसको सुझाव छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

मेष : दिन राम्रो रहेको छ। आफन्तबाट राम्रो साथ सहयोग मिल्नेछ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती भएपनि व्यापारमा भने फाइदा हुनेछ । राजनीतिमा सुधारका संकेत देखिनेछन्। परिवारको साथमा गरेको कामबाट फाइदा हुनेछ। वृष : दिन राम्रो छ। शिक्षामा आज गरेको योजना दीर्घकालीन हुनेछ। सम्पत्तिको मामिलामा भने समस्या हुनसक्ने जोखिम छ। कारोबार गर्नुपरे हातबाट वा मागेर गर्नु […]

काठमाडौं । मंगलबार आईजीपी राजु अर्यालले हलचोक स्थित सशस्त्रको मुख्यालयमा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । बढुवा समितिले असार ३२ मा वरिष्ठ उपरीक्षक (एसएसपी) बाट उनलाई सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा गर्न सिफारिस गरेको थियो । सो सिफारिसको आधारमा गृहमन्त्री रमेश लेखकले उनलाई बढुवाको निर्णय गरेका हुन् । सशस्त्र प्रहरीको प्राविधिकतर्फ वरिष्ठ उपरीक्षक र […]

बाँकेमा एकजना असइले तस्करसंग केटी मिलाई दे भनेको अडियो रेकर्ड एबिसी संचार भन्डाफोर टिमलाई प्राप्त..

error: Content is protected !!