२७ मंसिर २०८२, शनिबार
13-12-2025 , Sat
×

DIG सिंहको कार्वाही सुरु तस्करी बढेपछि पर्सा र बारामा धमाधम पक्राउ

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

एबिसी संचार रौतहट प्रहरीले स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ । गौर नगरपालिका वडा नमबर–२ महादेवपट्टिबाट २३ वर्षीय अविनाश गुप्तालाई प्रहरीले पक्राउ गरेको हो । प्रदेश प्रहरी कार्यालय जनकपुर र जिल्ला प्रहरी कार्यालय रौतहटको संयुुुक्त गस्ती टोलीले भारतीय नम्बरको बिआर ० क्यु २५३३ मोटरसाइकल रोकेर जाँच गर्दा उक्त मोटरसाइकलको बायाँ तर्फको लेगगार्डमा झुण्डयाएको नाइलनको झोलाभित्र १० लाख नगद फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका गुप्तालाई आवश्यक अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । पछिल्लो समय भारतबाट लाखौं रुपैया दैनिक रुपमा नेपाल भित्रिरहेको छ । लकडाउनका कारण भारतीय व्यापारीहरुसँग रहेको लाखौं नेपाली रुपैयाँ रौतहटको विभिन्न नाकाहरुबाट अवैधरुपमा भित्राउने गरिएको छ । भारतिय व्यापारीसँग रहेको रकम रौतहटको इशनाथ, बौधिमाइ र गौर नाकाबाट नेपाल भित्रिने गरेको छ । प्रहरीले यसअघि पनि सीमा क्षेत्रबाट १८ लाखभन्दा बढी रकम बरामद गरेको थियो ।
यसैगरी रौतहट प्रहरीले ईशनाथ नगरपालिका ३ स्थित एउटा ट्याक्टरमा भारत तर्फ लगीरहेको अवस्थामा ८ लाख मुल्य भन्दा बढीको बिभिन्न ब्राण्डका नेपाली मदिरा सहित एक जनालाई नियन्त्रणमा लिएको छ । राजपुर बाट मठिया हुँदै ना५त २५५८ नम्बरको ट्याक्टरमा ८लाख ५२ हजार मुल्य बराबरको बिभिन्न ब्राण्डको मदिरा भारत तर्फ लगीरहेको अवस्थामा रौतहटको परोहा नगरपालिका वडा नम्बर ६ निवासी सरोज पटेललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । पक्राउ परेका दुवै जनालाई थप कारवाहीका लागि राजश्व अनुसंधान कार्यालय पथलैया पठाईने रौतहट प्रहरी प्रमुख एसपी रबीराज खडकाले जानकारी दिनुयो । प्रदेश २ का प्रहरी प्रमुखको रुपमा डिआईजी धिरजप्रताप सिंहको आगमन पछि रौतहटमा तस्कर तथा हुण्डी कारोबारी माझ खैलाबैला मच्चिएको छ । त्यसैगरी प्रदेश २ का प्रहरी प्रमुख डिआईजी धिरजप्रताप सिंहले पर्सा र बारामा तस्करी फस्टाएको भनि जानकारी आईरहेकोले सो क्षेत्रका सिमा प्रहरी चौकीहरु हाम्रो निगरानीमा रहेको बताएका छन । र तस्करीमा संग्लनता भेटिए तत्काल कार्यवाही गर्ने बताउनु भयो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । लमहीमा पेस्तोल पड्किदा एक जना घाइते भएका छन । यो आज बिहान पौने ११ बजेको घटना हो । घाइते हुनेमा लमहीको रातो डांडा स्थित रोयल प्यालेस होटलमा काम गर्ने १८ वर्षिय सिसम गौतम रहेको दाङका प्रहरी प्रवक्ता चक्र बहादुर शाहले जानकारी दिनु भएको छ । कोठा सफा गर्ने क्रममा एसिमाथी लुकाएर राखेको पेस्तोल […]

काठमाडौं । डम्बर विकले द’लित समुदायमा जन्मिएर विभे’द र बहि*ष्क’रणका कठि-नाइ पार गर्दै प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदसम्म पुगेर इतिहास रचेका छन्। उनको संघ’र्षमय जीवन र सफलताले द’लित तथा सीमान्तकृ’त समुदायका लागि प्रेरणाको स्रोत बनेको छ र न्यायको पहुँचमा आशा जगाएको छ। विकको सफलताले वि’भेद र दल’नबीच पनि निरन्तर संघर्ष र मिहिनेतले शिखर चुम्न सकिन्छ […]

रुपन्देही । विगत केही वर्षदेखि बेलायतमा बसिरहेका २७ वर्षीय नारायण ढकाललाई गत कार्तिक २५ गते उनको परिवारले रूपन्देहीको तिलोत्तमा नगरपालिका–११ मृगौलीस्थित करुणा चौतारी फाउन्डेसनद्वारा सञ्चालित लागू औषध उपचार तथा पुन:स्थापना केन्द्रमा भर्ना गरेको थियो । तर, आइतबार उक्त केन्द्रले ढकालको मृत्यु भएको भन्दै परिवारलाई खबर गर्‍यो । केन्द्रका कर्मचारी र केन्द्रभित्र सुधारका लागि राखिएकाहरुको कुटपिटबाट […]

error: Content is protected !!