१० साउन २०८२, शनिबार
26-07-2025 , Sat
×

राष्ट्रिय जनमोर्चा दाङले प्रतिस्ठानले कोरोना परिक्षणको शुल्क लिन

Logo
प्रकाशित आइतबार, आषाढ २१, २०७७

सागर थापा
दाङमा केही दिन यता जिल्लामा कोरोना भाइरस परिक्षणमा रु ५५०० पैसा लाग्ने भन्ने कुरा प्रती हाम्रो पार्टी राष्ट्रिय जनमोर्चाको गम्भीर ध्यानाकर्षण भएको छ । सरकार भाइरस को परिक्षण र उपचार निशुल्क गर्ने बताइरहेको छ । यसैको नाममा राज्यको ठूलो धनराशि खर्च भएको कुरा पनि चर्चामा रहेको छ । यहि बेलामा सुल्कको कुराले नागरिकलाई त्रसित पारेको छ । जिल्लामा राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान र स्थानीय सरकारहरुको बिचमा एक आपसमा समन्वय नभएको जस्तो देखीएको छ । यस्तो विषय संचार माध्यम र नागरिक ले समेत थाहा नपाउने गरेर मिलाउनु पर्ने हो । यो विषयमा प्रतिस्ठान र स्थानीय सरकार गम्भीर बनेको देखीएन । एकातर्फ क्वारेन्टाइन र आइसोलेसनको राम्रो ब्यबस्थापन नगरेका कारण नागरिकमा धेरै गुनासाहरु आइरहेका छ्न । कतिपय क्वारेन्टाइनमा त्यहा बसेका सबै मानिस एक आपसमा घुलमिल भएर बसेका छ्न । त्यही घुलमिल भएको मान्छे मध्य कुनैको पोजेटिभ र कुनैको नेगेटिभ रिपोर्ट आएको छ । त्यही आधारमा नेगेटिभ लाई घरमा र पोजेटिभ लाई आइसोलेसनमा पठाउने गरिएको छ । पोजेटिभ र नेगेटिभ स्वाब संकलन गरेपछी साथै बसेको हुनाले त्यो नेगेटिभ रिपोर्ट आउने मानिस स्वाब संकलन पछि संक्रमीत भएको वा पोजेटिभ आउने मध्य बाट भाइरस सरेको पनि हुन सक्छ । त्यसको परिक्षण नगरी घरमा पठाउने गरिएको छ । यदि घरमा गएको मानिस संक्रमीत रहेछ भने उसले समुदायमा फैलाउदै हिडेको छ । यो बिषयमा सरकार गम्भीर भएको देखिदैन । यो कार्य प्रती हाम्रो पार्टी को गम्भी ध्यानाकर्षण भएको छ । उपचार र परिक्षणमा स्थानीय सरकार र प्रतिस्ठान बिचको अंतर्विरोध लाई पनि तत्काल समाधान गर्न जोड दिन चाहान्छौ । अहिले स्थानीय सरकार लाई क्वारेन्टाइन ब्यबस्थापन, राहात र भारतमा रहेका नेपाली नागरिक ल्याउदा धेरै लगानी लागेको छ । त्यसैले राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठानमा भएको सम्पुर्ण खर्च र त्यसको राम्रो ब्यबस्थापनको लागि आबस्यक उपकरण र बजेटको ब्यबस्था गर्न केन्द्र सरकार शीत अनुरोध गर्न चाहान्छौ ।
मिति २०७७/०३/२१
गणेश आचार्य
अध्यक्ष

कमेन्ट गर्नुहोस्
सम्बन्धित

  दाङ । भालुवाङ आर्थिक स्रोतको अभावबिच पनि जनताको सुरक्षालाई प्राथमिकतामा राख्दै सेवा प्रवाहमा प्रतिबद्ध राप्ती गाउँपालिकाले दमकल प्राप्त गरेपछि राहत महसुस गरेको छ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०८१/८२ को बजेटबाट खरिद गरिएको दमकल बुधबार गाउँपालिकामा आइपुगेको हो । स्थानीय सरकारसँग सीमित स्रोतसाधन हुँदा अपेक्षित विकास योजना समयमै पूरा गर्न कठिनाइ हुने गरेको […]

मेष : दिन सामान्य छ। हरेक कुरामा सचेत बन्नुपर्ने छ। स्वास्थ्य र शिक्षामा ढिलासुस्ती हुनेछ। विपक्षीको साथ मिल्नेछ। आम्दानी भन्दा खर्च बढ्नेछ। विज्ञको सुझाव लिएर अगाडि बढ्नु राम्रो हुनेछ। वृष : दिन राम्रो छ। व्यापारमा फाइदा हुनेछ। धन बढ्नेछ। शिक्षामा गरेको प्रयास सफल हुनेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। मिथुन : […]

बुटवल । सरकारी छापको दुरुपयोग गरेर नक्कली लालपुर्जा जारी गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीले अर्यालसहित कार्यालय सहयोगी सञ्जय कुमार केवटलाई पक्राउ गरेको हो । उनीहरू शुक्रबार दिउँसो पक्राउ परेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार उनीहरू पुरानो कित्ता (जग्गा) प्रकरणसँग सम्बन्धित मुद्दामा पक्राउ परेका हुन् । प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको […]

error: Content is protected !!