११ भाद्र २०८३, बिहिबार
27-08-2026 , Thu
×

सरकारको स्वस्थ आलोचना गर्दैमा पार्टी बिरोधी भइदैन

Logo
प्रकाशित सोमबार, आषाढ २२, २०७७

(निर्मला बिक) सरकारको स्वस्थ अालोचना गर्दैमा पार्टी बिरोधी भैइदैन उहिले उहिले बाजेका पुस्तामा राणा शासन थियो । धेरै जसो नागरिक अधिकारहरु कुन्ठीत थिए। बाका पालासम्म आइपुग्दा पन्चायत र बहुदल थियो । त्यहा पनि जनता र जनमतको खासै अर्थपुर्ण सहभागिता थिएन । अहिले लोकतन्त्र र गणतन्त्र छ । अभिव्यक्ति स्वतन्त्रताको अधिकार सबिधानमै सुरक्षित छ। एउटा नागरिकको काम कुनै दल बिसेसलाई मत दिनु मात्र हो र के सरकार बनाउनलाई ? कि जननिर्वाचित सरकार हुनुको अर्थ आफै सर्बेसर्बा हुनु हो ? भोट हाल्दा पार्टीलाई हाल्ने अहिले प्रसङ्सालाई भक्ती र आलोचनालाई पार्टीको बिरोधि किन भन्ने ? सरकार पार्टीको हुने सरकारको आलोचना गर्दा पार्टीको आलोचना हुने होइन र ? जसरी दुई तिहाई जनताले मत दिएर जिताएका हुन त्यसरी नै दुइ तिहाइ जनतासङ्ग खुलेर आलोचना र प्रससा गर्ने अधिकार सुरक्षित छ। यहि हो हामीले अभ्यास गरी स्थापित गर्न खोजेको खास लोकतन्त्र । के जसले जे गर्दा पनि टुलुटुलु हेरेर बस्ने? लोकतान्त्रिक ब्यबस्थामा कहिले कसैको सरकार होला कहिले कसैको । कि आम नागरिकमाथी अन्याय हुँदा पनि कानमा तेल हालेर बस्ने? नागरिकको हैसियतले आफुले चुनी पठाएको सरकारसङ्ग सिधा सिधा प्रश्न गर्न सक्ने सक्षम नागरिक बनाउने राज्यको दायित्व होइन र ? त्यसैले अन्यायको स्वस्थ आलोचना र न्यायसंगत कामको स्वस्थ प्रससा गर्नै पर्छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

चितवन । नारायणी नदी किनार लगातारको बाढीले बगाएर ल्याएका ग्यास सिलिन्डर समात्न स्थानीयहरू नारायणी नदी किनारमा पौडी खेल्दै गरेको दृश्य देखिएको छ। माथिल्लो क्षेत्रबाट आएको बाढीसँगै बगेर आएका ग्यास सिलिन्डरहरू नदी किनारका विभिन्न ठाउँमा अड्किएका छन्। महँगो ग्यास भएकाले स्थानीयहरू जोखिम मोलेरै भए पनि नदीमा पौडी खेलेर सिलिन्डर समात्ने प्रयास गरिरहेका छन्। “बजारमा ग्यास पाइँदैन, […]

घोराही । दाङमा पछिल्लो समय कोटाअनुसार मनकामना ग्यासका सिलिन्डर नआएपछि उपभोक्ताले भोग्दै आएको समस्या समाधानका लागि नेपाल पत्रकार महासङ्घका केन्द्रीय सचिव एवं घोराही बनाउँ अभियानका संयोजक सविन प्रियासनले मनकामना ग्यासका विक्रेताहरूसँग विशेष छलफल गर्नुभएको छ। दाङमा अन्य ग्यासको तुलनामा मनकामना ग्यासको आपूर्ति कम हुँदै गएपछि उपभोक्ताले सहज रूपमा ग्यास पाउन नसकेको गुनासो बढ्दै गएको अवस्थामा […]

काठमाडौं । त्रिशुली बजार, नुवाकोट लगातारको अविरल वर्षाका कारण त्रिशुली बजार जोड्ने मुख्य पुल बाढीले बगाएपछि यहाँको अवस्था भयावह बनेको छ। पुल बग्यो त्रिशुली नदीमा आएको बाढीले बजार र आसपासका गाउँ जोड्ने पक्की/झोलुङ्गे पुल बगाएको छ। आवागमन ठप्प बजार, अस्पताल, बैंक र सरकारी कार्यालय जान आवतजावत पूर्ण रूपमा अवरुद्ध बजार डुबानमा तल्लो क्षेत्रका पसलहरूमा पानी […]