११ साउन २०८२, आइतबार
27-07-2025 , Sun
×

दाङमा किर्ते गरेको आरोपमा वडा सचिवसहित तीन पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ २३, २०७७

एबिसी संचार
दाङ प्रहरीले घोराही उपमहानगरपालिका वडा नम्बर १ का वडा सचिव धनबहादुर केसी र वडा नम्बर १३ को कार्यालयमा कार्यरत (खरीदार) लिलाजित नेपाली र वडा नम्बर १३ कै हेल्लो टावर नजिकै बस्ने ४९ वर्षीय हुकुम बहादुर जिसीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता सुमित खड्काले जानकारी दिएका छन्। पक्राउ परेका जिसी केटीका बुबा रहेको प्रहरीले जानकारी दिएको छ।
उनीहरूले जबरजस्ती करणी मुद्दामा पीडित केटीका बाबुले छोरीलाई न्याय दिलाउन छोरीको उमेर घटाउने कार्यमा पक्राउ परेका वडा सचिव केसी र खरिदार नेपालीले तत्कालीन समयमा सघाएको देखिएकाले पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
‘पक्राउ परेका वडा सचिवले २०५९ सालको जन्म मिति भएको पीडित किशोरीलाई उमेर घटाएर २०६१ साल बनाउन सघाएको देखिएकाले पक्राउ गरेका हौं,’ प्रवक्ता खड्काले भने,‘पक्रउ परेका तीन जनालाई जिल्ला अदालतबाट दश दिनको म्यादथप गरि थप अनुसन्धान भैरहेको छ।’
प्रहरीका अनुसार जबरजस्ती करणी मुद्दाका अभियुक्त युवक हाल पुर्पक्षका लागि थुनामा रहेका छन्। पीडित केटीले उमेर घटाएको तथ्य फेला पारेको दाङ देउखुरी जिल्ला अदालतमा निवेदन दिएपछि अदालतले घोराही उपमहानगरपालिकालाई उक्त विषयमा जानकारी दिन पत्राचार गरेको थियो।
घोराही उपमहानगरपालिकाले ती किशोरीको जन्म २०५९ जन्मेको प्रमाणित गरी पत्राचार गरेपछि किर्ते गर्ने सचिव र खरीदारसहित तीन जनालाई पक्राउ गरिएको प्रहरी नावय उपरीक्षक खड्काले जानकारी दिए।
पक्राउ परेका वडा नम्बर १ का वडा सचिव वडा नम्बर १३ मा कार्यरत रहदा किर्ते गरेका आरोपमा प्रहरीले पक्राउ गरेको हो। मुलुकी अपराजध संहित २०७४ को परिच्छेद २५ दफा २७६ (किर्ते गर्न नहुने) बमोजिम मुद्धा दर्ता गरेर थप अनुसन्धानलाई अघि बढाएको प्रवक्ता खड्काले जानकारी दिएका छन्।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । देउखुरी गढवा गाउँपालिका वडा नम्बर ७,का वडा अध्यक्ष राहुलदेव चौधरीको घरमा अवैध काठ चिरान गरिरहेको भन्ने गोप्य सूचनाको आधारमा वन कर्मचारी,प्रहरी र सामुदायिक वनका पदाधिकारीको संयुक्त टोलिले साल र सिसौंको गरि कुल ५८.३४ क्युफिट काठ बरामद गरेको हो । कक्रहवा खोलाले बगाएर ल्याएको साल र सिसौंको रुखलाई सम्बन्धित वन कार्यालयलाई जानकारी गराउनुको सट्टामा […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको कानुन शाखाले आज सूचना जारी गर्दै २२ जना प्रहरी लामो समयदेखि गैरहाजिर रहेको भन्दै उनीहरूलाई सम्पर्कमा आउन सात दिनको समय दिएको हो। गैर हाजिर हुनेमा प्राविधिक तर्फका एक असईसहित चारजना असई, दुईजना कार्यालय सहयोग र बाँकी सबै प्रहरी जवान छन्। लामो सयमदेखि सम्पर्कविहीन भएका उनीहरूलाई एक साताभित्र सम्पर्कमा […]

मेष-आफन्तसँग आत्मीयता बढ्नेछ। घरायसी काममा व्यस्तता रहनेछ। सामाजिक जिम्मेवारी पुरा गर्नुपर्ने हुन सक्छ। विदेशतर्फ सोच राख्नुभएको छ भने, आजको दिन योजना बनाउन उपयुक्त छ। वृष-सन्देश वा पत्रव्यवहारको दिन हो। सञ्चार माध्यममार्फत केही नयाँ जानकारी पाइनेछ। सामाजिक भेटघाट वा यात्रा सम्भावना छ। वैदेशिक कामका लागि आवश्यक कागजपत्र तयार गर्न उपयुक्त समय। मिथुन-आर्थिक पक्ष व्यवस्थित बनाउनुपर्ने समय […]

error: Content is protected !!